मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूर्वमा द लास्ट किस

अर्पण ढकाल, धरान, 2011/09/01

पछिल्लो समय पूर्वी नेपालमा नेपाली चलचित्रको छायांकन हुने क्रम बढेको छ । सानो वा ठुलो बजेटमा निर्माण भएका धेरै चलचित्रहरुले पूर्वका भर्जिन लोकेसनलाई कैद गरिसकेका छन् । यसै क्रममा एक अर्को चलचित्रको यतिबेला पूर्वको रमणीय स्थानहरुमा धमाधम छायांकन भैरहेको छ ।

 

लामो अंग्रेजी शव्दबाट नाम राखिएको चलचित्र 'द लास्ट किस : अ युनिक लब स्टोरी' को सुटिङ युनिट छायांकनको लागि पुर्व आएको हो । दुई साता देखि धरानको लांघाली सामुदायिक बनमा सुटिङ भैरहेको चलचित्रले लिम्बुवानको बन्दले गर्दा दुई दिन छायांकन गर्न सकेन । तेस्रो दिनमा बन्दको कार्यक्रम फिर्ता भएपछि मोरंगको बेतना सिमसार क्षेत्रमा छायांकन सुचारु भएको छ ।


देशभर नै धुमधाम तीज मनाईरहदा चलचित्रको युनिट भने बेतनामा छायांकनमा ब्यस्त भएको थियो । भर्खरै मात्र कोर्ट म्यारिज गरेकी चलचित्रकी नायिका शोभिता सिम्खडा यो बर्षको तीजलाई चलचित्रको युनिटसंगै मनाएको बताइन् । तीजमा ब्रत बसेपनि सुटिङमा ब्यस्त हुनुपरेकोले खासै अफ्ठ्यारो नभएको उनले बताइन् ।

 

रोमान्स गर्न जंगल पुगेका नवबिबाहित जोडीले जंगलमा अनेक खतराको सामना गर्नुपर्ने दृश्यको छायांकन गरिएको थियो । जंगलको बिचमा पोखरी भएको लोकेसनमा दृश्य खिच्नुपर्ने भएकोले बेतना आउनुपरेको निर्देशक बीबी फुयालले बताए । जंगलका दृश्यहरु चलचित्रमा धेरै चाहिएको हुनाले धरानको लांघाली बनमा यसअघि छायांकन गरिएको उनले बताए ।


हनीमुन मनाउन निस्केका एक जोडी बीच हुने रोमान्स र उनीहरुले समान गर्नुपर्ने चुनौतीलाई चलचित्र मार्फत प्रस्तुत गरिएको निर्माता एवं छायाँकार युबराज खत्रीले बताए । थुप्रै रोमान्स, सेक्स र बेड सिनका दृश्यहरु चलचित्रमा राखिएको हुनाले प्रदर्शनको बेला आफ्नो चलचित्रले एडल्टको प्रमाणपत्र पाउनेमा दुबिधा नभएको खत्रीको दाबी थियो । यसबाहेक चलचित्रमा थ्रिलेर र एक्सनका दृश्यलाई समेत प्राथिमिकता दिएको खत्रीको भनाई छ ।


बेतना पछि  भेडेटार र कोशी ब्यारेजमा छायांकनको सेडुल रहेको बताउदै कुनै अबरोध नभए अबको दुई सातामा सम्पूर्ण छायांकन सकिने निर्देशक फुयालले बताए । झन्डै छायांकनको लागि पूर्वमा दस दिन बिताईसकेको चलचित्रको ८० प्रतिशत छायांकन सकिसकेको निर्देशक फुयालले बताए । चलचित्रको करिब दस प्रतिशत छायांकन मात्रै काठमाडौँमा गरिने छ । चलचित्रमा शोभिताको अलावा पुष्कर जंग थापा, सुरेश चौधरी लगायतले अभिनय गरेका छन् । करिब साता दिन भित्र सम्पूर्ण छायांकन सकेर नयाँ बर्ष २०६६९ को शुरूवातमै चलचित्रको प्रदर्शन गरिने निर्माता खत्रीले बताए ।