निर्देशक सुनिल पाण्डेले चलचित्र हेलो प्रकृतिको प्राबिधिक कार्य सुस्त गतिमा भैरहेको बताएका छन् । प्रबिण भटर्राईको निर्माणमा छायाँकन गरीएको चलचित्र हेलो प्रकृतिको हेटौडामा छायाँकन गरीएको थियो ।
जेष्ठ १९ गते छायाँकन सकिएको भएपनि प्राबिधिक काम भने मन्द गतिमा भईरहेको निर्देशक पाण्डेको भनाई छ । जुन रुपमा काम हुनु पर्ने हो त्यो गतीमा हुन नसकेको पाण्डेले बताए । चलचित्रमा सामाजिक कथा बस्तुलाई उत्तारेको निर्देशक पाण्डेले बताए । हाँसो, आँसु र अहिलेका युवा युवतीको प्रेमकथा चलचित्रमा समाबेश गरीएको पाण्डेले जानकारी दिए ।
दृष्टि प्रोडक्सनको पहिलो प्रस्तुती हेल्लो प्रकृतीमा नव नायकको रुपमा अनिल थापाले अभिनय गरेका छन् भने मुख्य कलाकारहरुमा सुमिना घिमिरे, शुसिल पोख्ररेल, बिजय देउजा, प्रकाश धिताल, रस्मी भट् लगायत छन् । शिबंम अधिकारीको लेखन रहेको यो चलचित्रमा भुपेन्द्र रायमाझीको संगीत सुन्न पाइन्छ । सोल्टीनी नामको चलचित्र पछि सगिंत क्षेत्रमा देखिएका रायमाझी सत्र बर्षको अन्तरालमा हेल्लो प्रकृति मार्फत उदाएका छन् । चलचित्रको छायाँकन रामशरण उप्रेतीले गरेका हुन् ।