आज शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र 'ब्रेक फेल' कि प्रस्तुतकर्ता तथा नायिका ऋचा घिमिरेले एक मिडियाले आफ्नो चलचित्र माथि भ्रमको खेती गरिरहेको बताएकी छिन् । चलचित्र ब्रेक फेलले राम्रै ओपनिङ गर्दा पनि सो मिडियाले रिस प्रकट गर्दै चलचित्रले नराम्रो व्यापार गरेको समाचार प्रकाशित गरेपछि ऋचा निकै आक्रोशित बनेकी हुन् ।
ब्रेक फेलले काठमाण्डौ उपत्यकाबाट २५ हजार मात्र ग्रस बटुलेको समाचार मिडियामा आएपछि ऋचाले सो मिडिया बिरूद्व मुद्वा समेत हाल्ने बताईन् । ब्रेक फेलले काठमाण्डौ उपत्यकाबाट राम्रै ग्रस बटुलेको बताउँदै ऋचाले समाचारमा २५ हजार भनेर उल्लेख गरेकाले सो मिडिया बिरूद्व मुद्दा हाल्न लागेको ऋचाको भनाई छ ।
बिज्ञापन नपाएको भरमा बिगत केहि दिन देखि आफ्नो चलचित्रको बारेमा नकारात्मक टिप्पणी गरिरहेको बताउँदै ऋचाले त्यस्ता समाचारमा बिश्वास नगर्न समेत पाठकलाई आग्रह गरेकी छिन् । आफ्नो चलचित्र राम्रो बनेको बताउने ऋचाले जति दर्शकले हेरे सबैले मन पराएको दाबी समेत गरिन् । उनले भनिन्, 'उपत्यका बाहिरा बन्दले गर्दा चलचित्र सोचे जस्तो जान सकेको छैन तर काठमाण्डौमा भने सन्तोषजनम व्यापार छ । दर्शकहरू पनि राम्रो चलचित्र हेर्न पाएकोमा खुसी छन् ।'
यता चलचित्रका निर्देशक शंकर घिमिरेले पनि आफ्नो चलचित्रलाई दर्शकहरूले रूचाएको बताउँदै गोपीकृष्ण हलबाट मात्रै ५० हजार भन्दा बढि ग्रस बटुलेको बताए । काठमाण्डौका आधा दर्जन सिनेमा घरमा चलचित्र चलेको बताउँदै शंकरले उपत्यका बाहिरको बन्दले गर्दा भने चलचित्र धेरै स्टेशनमा चल्न नपाएको जानकारी गराए । भारतिय ठूलो व्यानरको चलचित्र सहित अन्य दुई नेपाली चलचित्रसँग आफ्नो चलचित्रको भिडन्त भएपनि कलेक्सन राम्रै भएको शंकरको भनाई छ ।