मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हार्डडिक्सबाट उड्यो प्लान

फिल्मीखबर, काठमाण्डौ, 2011/09/04

चलचित्रको लगानी बढ्ने डरले अधिकांश चलचित्रहरु हतारमै छायाँकन सकाउने प्रचलन छ यहाँ । हुन केही चलचित्रहरुले पुन छायाँकन गरेर समेत चलचित्रलाई राम्रो बनाउने प्रयास गरेका छन् । तर यसरी पुन: छायाँकन गरिंदा चलचित्रको बजेट बढ्ने भने पक्का छ ।

 

चलचित्रलाई राम्रो बनाउन पुन: छायाँकन गर्दा त बजेट बढ्नुले खास अर्थ नराख्ला तर तर कम्प्युटरमा सेभ गरेर राखिएको चलचित्रको हार्डडिक्स नै उडे पछि निर्माता मात्र नभएर निर्देशक, कलाकार र प्राबिधिक सबैको टाउको दुखाई हुन्छ । निर्माताको लागतको त कुरै नगरौं । निर्माताले बजेट अड्कलेर चलचित्रमा लगानी गरेको हुन्छ तर अप्रत्यासित रूपमा लगानी बढिदिंदा निर्माता बेचैन हुन पुग्छन् । पछिल्लो समय यस्तै भएको छ चलचित्र प्लानका लागि ।


चलचित्र प्लानका केही दृष्यहरु उडे पछि पुन छायाँकन गर्न परेपछि निर्माता कविता श्रेष्ठ निकै चिन्तित छिन् । हार्डडिक्समा सेभ गरी राखिएको चलचित्र प्लानको पिकनिकको दृष्य उडे पछि उक्त दृष्यलाई पुन छायाँकन गरिने भएको छ । नायक मुकेश ढकालले आफुलाई निर्माण पक्षले चलचित्रको केही अंश उडेकोले पुन: छायाँकन गर्नुपर्ने जानकारी दिएको बताए । तर उक्त दृष्यको छायाँकन कहीले हुने भन्ने पक्का भैसकेको छैन  ।

 

यहि कुरालाई निर्देशक शोभित बस्नेतले समेत पुष्टि गरेका छन् । उनले चलचित्र प्लानका लागी चोभारमा खिचिएको पिकनिकको दृष्य उडेको बताए। उक्त दृष्य चाडैनै पुन: छायाँकन गरिने बस्नेतले बताए । हार्डडिक्सबाट नै उक्त दृष्य नै उडेपछि चिन्तित देखिएका शोभितले कसरी उड्यो भन्ने बारे यकिन नभएको बताए ।
 

डिजेहरुको अन्तरद्धन्द्धलाई मुख्य कथाबस्तु बनाएर निर्माण गरिएको यस चलचित्रमा नायकद्धय मुकेश ढकाल र ध्रुव न्यौपाने र निर्देशक बस्नेत स्वयं डिजेको भुमिकामा देखिएका छन् । सलोन फिल्म्सको व्यानरमा कविता श्रेष्ठले निर्माण गरेको चलचित्र प्लानमा अनुष्का ढकाल ,रागिनी खड्गी ,सुनिल थापा, मोहन निरौला, अनिता दाहाल, राजेन्द्र खड्गी लगायतको पनि मुख्य भुमिका रहेको छ । मंसिर महिनामा सार्वजनिक गर्ने भएको सो चलचित्रमा दिनेश न्यौपानेको लेखन, राजेन्द्र खड्गीको द्वन्द, प्रमोद ढुंगानाका गीत, राम श्रेष्ठको संगित, शिव बिकको नृत्य तथा कृष्ण श्रेष्ठको छायाँकन रहेको छ ।