मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कंगारूको देशमा जीवन

फिल्मीखबर, काठमाण्डौ, 2011/09/04

कंगारूको देश भनेर चिनिने अष्ट्रेलियामा चलचित्र प्रदर्शनका लागि नायक जीवन लुईटेल आज राति उड्दै छन् । आफू अभिनित चलचित्र 'म तिम्रो भईसकें' को प्रिमियर सहित अष्ट्रेलियाको सिनेमा घरमा नियमित प्रदर्शनका लागि जीवन त्यसतर्फ जान लागेका हुन् ।

 

यस अघि चलचित्र 'नाइ नभन्नु ल' लाई अष्ट्रेलियामा रेड कार्पेट प्रिमियर सहित नियमित प्रदर्शन गरेर नेपाल फर्केका जीवन यस पटक पनि आफ्नो चलचित्रलाई भव्य रूपमा प्रदर्शन गर्ने तयारीमा छन् । अष्ट्रेलियामा नेपाली चलचित्रको प्रवर्द्वनका लागि स्थापित संस्था सोलाङ्चरको निमन्त्रणामा जीवन कंगारूको देश जान लागेका हुन् । उनी राति करिब एघार बजेको विमानबाट अष्ट्रेलिया जाँदै छन् ।

 

नायक लुईटेल चलचित्रको प्रिमियरका साथसाथै आफ्नी जीवनसंगिनी अञ्जली शर्मालाई पनि भेट्ने छन् । पढाईको सिलसिलामा अष्ट्रेलियामा रहेकी आफ्नो जीवनसंगिनीलाई भेट्न पनि जीवन निकै आतुर छन् । चलचित्रको प्रदर्शन र घुमफिरका लागि जीवन करिब डेढ महिना अष्ट्रेलियामा रहने छन् । यस पालिको दशैं अष्ट्रेलियामा नै साथीभाई र जीवनसंगिनीसँग मनाउने बताएका जीवनले पूर्णिमा पछि मात्र नेपाल फर्कने बताए ।

 

'नाइ नभन्नु ल' कै निर्देशक विकास आचार्यले निर्देशन गरेको चलचित्र ' म तिम्रो भईसकें' अष्ट्रेलियासँगै नेपालमा पनि रिलिज हुँदैछ । अष्ट्रेलियामा र नेपालमा दशैंको बेला नै चलचित्र रिलिज हुने निर्देशक आचार्यको भनाई छ । व्यानरमा निर्माण भएको सो चलचित्रमा जीवन लुईटेल, ऋचा सिंह ठकुरी, अयुब केसी, बिज्ञान सापकोटा, उत्तम केसी, रामकृष्ण बजगाईं लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

 

रेड क्यामेराले खिचिएको चलचित्र 'म तिम्रो भईसकें' का छायाँकार शम्भु सापकोटा हुन् । चलचित्रमा विकास आचार्यको लेखन, बसन्त सापकोटाको संगीत, कविराज गहतराजको नृत्य तथा हिमाल केसीको द्वन्द रहेको छ । नाइ नभन्नु ल जस्तै यस चलचित्रका गीत पनि निकै चर्चामा आईसकेका छन् ।