मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

असोज १ गते चलचित्र दिवस मनाईने

बिष्णु सुबेदी, काठमाण्डौ, 2011/09/04

चलचित्र विकास बोर्डले असोज १ गतेको दिनलाई चलचित्र दिवसको रुपमा मनाउने निर्णय गरेको छ । आज बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको बोर्ड प्रबत्ता बिजय बस्नेतले जानकारी दिए ।


पहिलो नेपाली चलचित्र सत्य हरिशचन्द्रको २००७ साल असोज २२ गते शुभ मुहुर्त गरिएको र ००८ साल भाद्र ३० गते प्रदर्शन भएको तथा नेपाल भित्रै बनेको पहिलो चलचित्र आमा २०२२ साल अशोज १५ गते प्रदर्शन भएको मितीलाई आधार मानेर बोर्डले असोज १ गतेका लागी चलचित्र दिवस मनाउने घोषणा गरेको छ । नेपाली चलचित्र बन्न थालेको ६ दशक पछाडी मात्रै बोर्डले ऐतिहासिक निर्णय गर्दै चलचित्र दिवसको घोषणा गरेको हो ।

 

बैठक लगत्तै फिल्मीखबरसँग कुराकानी गर्दै प्रबत्ता बिजय बस्नेतले पछिल्लो समय बोर्डले केही महत्वपूर्ण उपलब्धी हासिल गरेको बताए । बोर्ड स्वयत्तताको कुरा सञ्चार मञ्त्रालयबाट गृहमा गए लगत्तै बोर्डले चलचित्र दिवसको घोषणा गर्नुलाई बोर्ड नेतृत्वको ठुलो उपलब्धी मान्न सकिन्छ । बिभिन्न आरोह अबरोहहरु पार गर्दै ६ दशक पार गरेको नेपाली चलचित्रले अब भने केही मुहार फेर्ने संकेत देखिएको छ । चलचित्रलाई औधोगिक मान्यता दिलाउन कसरत गर्नु, बोर्ड स्वायत्तताको ऐन गृह मन्त्रालय सम्म पुर्‍याउन सफल हुनु र चलचित्र दिबसको घोषणा गर्नुले बोर्ड नेतृत्वको साखलाई हृवात्तै माथि पुर्‍याएको छ ।


आज बसेको बोर्डको बैठकले चलचित्र दिबस मनाउने निर्णय गरेपनि दिवसलाई कसरी मनाउने भन्ने बारे निर्णय गरिसकेको छैन । चलचित्र दिवसलाई भब्य रुपमा मनाउने बोर्डको कार्ययोजना रहेको जानकारी दिदै प्रबत्ता बस्नेलले एक दुइ दिनमा त्यसको टुङ्गो लगाउने जानकारी दिए । कार्यक्रमलाई भब्य बनाउन सक्दो प्रयास गर्ने बताउदै प्रवत्ता बस्नेतले त्यसका लागी छुट्टै तयारी समिती समेत गठन गरिने जानकारी दिए । तर पनि सम्पपूर्ण चलचित्रकर्मी, चलचित्र पत्रकार र सुभेच्छुकहरुलाई चलचित्र दिवस भब्य रुपले मनाउने कार्यमा सहयोग गर्न बोर्डले आग्रह गरेको छ ।


यस्तै आज बसेको बैठकले पोखरालाई चलचित्र नगरीको रुपमा बिकाश गर्न सहयोग समिती समेत गठन गरेको छ । बोर्ड सदस्य उदय सुब्बाको नेतृतवमा गठीत समितीले स्थलगत रुपमा अध्ययन गरी कसरी अगाडी बढ्ने भन्ने बारे बोर्डलाई सुझाब पेश गर्ने छ । स्थानिय स्तरमा गई त्यहाँको भौगोलिक अबस्था लगायत स्टुडियो निर्माण बारे अध्ययन गर्ने जनाइएको छ । यस्तै बोर्डको आजको बैठकले असक्त बृद्ध भत्ता बरिष्ठ चलचित्रकर्मी हरिप्रसाद रिमाललाई प्रदान गर्ने निर्णय समेत गरेको छ ।

 

यता बोर्डको आपतकालिन सहयोग कोषबाट केही दिन देखि बिरामी भई आइसियुमा उपचार गराइरहेको चलचित्रर्मी रबि खड्कालाई पचास हजार सहयोग गर्ने निर्णय समेत गरेको छ । खड्काले नेपाली चलचित्रको लागी महत्वपूर्ण योगदान पुर्‍याएको ठहर गर्दै बोर्डले उनको आर्थिक स्थिति कमजोर भएकोले पचास हजार सहयोग गर्न लागेको प्रबत्ता बस्नेतले जानकारी दिए ।