मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लुटको प्राबिधिक कार्य समाप्त

फिल्मीखबर, काठमाण्डौ, 2011/09/05

नेपाली चलचित्रमा पढेका निर्देशकहरु आउने क्रम जारी छ । पछिल्लो समय एक पछि अर्को नयाँ निर्देशकको जन्मसँगै चलचित्र निर्देशन बारे पढेर आउने निर्देशकहरुको पनि सुचि लामै हुन लागेको छ । यहि क्रममा चलचित्र लुटबाट निर्देशनमा हात हालेका छन् ओस्कर कलेज अफ फिल्म स्टडिका बिद्यार्थी निश्चल बस्नेतले ।


ओस्कर कलेजमा चलचित्र निर्देशन बारे पढेका निश्चल बस्नेतले यो चलचित्रबाट निर्देशकको पदवी बोकेका हुन् । बस्नेतले निर्देशक गरेको चलचित्र लुटले कार्तिक १० गतेको लागी प्रदर्शनको पालो पाएको छ । प्रदर्शनको पालो पाए लगत्तै धमाधम प्राबिधिक कार्य थालेको लुटले प्राबिधिक कार्य सम्पन्न गरेको छ । डिसिएनले बितरण गर्ने चलचित्र लुटको ओडिसि नेटवर्कमा सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् ।

 

पौडेलले दिएको जानकारी अनुसार लुटको प्राबिधिक कार्य सकिएर प्रदर्शनको लागि तयारी अवस्थामा छ । सम्पादन सके पछि सुरेन्द्रले चलचित्र लुट राम्रो चलचित्र बनेको प्रतिक्रिया दिएका छन् । उनले चलचित्रले बोकेको कथाले चलचित्रको अवधिभरमा र्सार्थकता पाएको उल्लेख गरेका छन् । नरेन्द्र महर्जन र माधब वाग्लेले निर्माण गरेको चलचित्र लुट बेरोजगार युवाहरुको कथामा आधारीत चलचित्र हो ।

 

अपराधी र लुटेराहरुको कथामा आधारित चलचित्र लुट बिशेष गरी बैंक लुट्ने योजना केन्द्रित छ । चलचित्रमा सौगात मल्ल, महेश शाक्य, ऋचा शर्मा, दयाह्याङ राई लगायतका कलाकारहरुको प्रंमुख भुमिका रहेको छ । यस अघि फस्टलभ जस्तो सुपरहिट चलचित्र निर्माण गरिसकेका निर्माताद्वय वाग्ले र श्रेष्ठले यस चलचित्रलाई पनि दर्शकले रूचाउन सक्ने बताएका छन् । उनीहरूका अनुसार चलचित्र निर्माणमा कुनै कम्प्रमाईज गरिएको छैन ।