मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

छायाँकनमा रावण

फिल्मीखबर, काठमाण्डौ, 2011/09/07

रेखा फिल्म्सको छैठौं प्रस्तुती चलचित्र 'रावण' को छायाँकन कार्य धमाधम अगाडी बढि रहेको छ । गत श्रावण ३० गतेबाट छायाँकन शुरू गरिएको सो चलचित्रको हाल अनामनगर स्थित नूतन स्टुडियोमा कलाकार कमलकृष्ण पौडेलले एक्सन कट भनिरहेका छन् ।

 

पितृसत्तात्मक मान्यताविरुद्ध विद्रोहको आवाज उठाएको चलचित्र रावणमा नायिका रेखा थापा कलियुगकी सीता बनेर आत्मनिर्भर पात्रको चरित्र निर्वाह गरिरहेकी छिन् । चलचित्रकी प्रस्तुतकर्ता समेत रहेकी नायिका थापासँग नवनायक द्वय सबिन श्रेष्ठ र किशोर खतिवडाले अनस्क्रिन रोमान्स गर्दैछन् । चलचित्रको शिर्ष भुमिकामा भने निर्देशक कमलकृष्ण स्वयं प्रस्तुत हुँदैछन् ।

 

हरेक पटकको चलचित्रमा नयाँ अनुहारलाई प्राथमिकता दिने रेखा फिल्म्सले यस पटक पनि नयाँ अनुहारलाई नै प्राथमिकता दिएको छ । चलचित्र 'कस्ले चोर्‍यो मेरो मन' मा सहायक भुमिकामा देखिएका किशोर खतिवडा र प्रदर्शनको क्रममा रहेको चलचित्र 'अन्दाज' मा मुख्य भुमिकामा प्रस्तुत भएका सबिन श्रेष्ठलाई रेखा फिल्म्सले लिएको हो । यति मात्र हैन छायाँकार तथा लेखक पनि यस चलचित्रमा नयाँ नै छन् ।

 

थुप्रै चलचित्रमा सहायक छायाँकार भएर देखिएका मदन घिमिले यसै चलचित्रबाट छायाँकारको रूपमा डेब्यू गरेका छन् । चलचित्रका लेखक प्रकाश सुवेदी, द्वन्दनिर्देशक चन्द्र पन्त पनि नयाँ अनुहार नै हुन् । छबिराज ओझाको निर्माणमा तयार हुन लागेको सो चलचित्रमा निर्देशक कमलकृष्ण कै संगीत रहेको छ । कमलकृष्णले भने यसअघि थुप्रै चलचित्रमा संगीत दिईसकेका छन् । काठमाण्डौ, धुलिखेल, सिलुगढी लगायतका स्थानमा छायाँकन गरिने सो सो चलचित्रको ४५ % भागको छायाँकन सकिएको निर्माण पक्षको भनाई छ ।