नेपाली चलचित्रमा नाम दोहोरिने कुरा त अब सामान्य जस्तै भएको छ । सके त्यहि नाम दाहेर्याउने नत्र त्यसको पछि २ थप्ने चलनले नेपालमा तिब्र रूप लिएको छ । यसै क्रममा प्राबिधिक रूपमा सबल मानिएका निर्देशक प्रदिप श्रेष्ठले पनि आफ्नो चलचित्रमा नाम दोहोर्याएका छन् ।
उनले नामाङकरण गरेको चलचित्र तृष्णा आज भन्दा केही बर्ष पहिले नै बनिसकेको चलचित्र हो । तर पनि चलचित्रको कथा अनुसार तृष्णा नै उपयुक्त भएका कारण चलचित्रको नाम तृष्णा राखिएको श्रेष्ठको भनाई छ । लेखक मौनता श्रेष्ठले निर्माण गर्ने उक्त चलचित्रको बिहिबारबाट छाँयाकन थालिदै छ । चलचित्र तृष्णाको छायाँकनको लागी निर्माण युनिटलाई बुधबार नै पोखरा पठाएका निर्देशक श्रेष्ठले आफु भने बिहिबार बिहान मात्र पोखरा पुग्ने जानकारी दिए ।
५० प्रतिशत छायाँकन पोखरा र आसपासका स्थानमा गर्ने जानकारी दिदै निर्देशक श्रेष्ठले २२ दिनको लागी पोखरामा छायाँकन सेडुयल रहेको जानकारी गराए । पोखरा पछाडी बाँकि रहेको छायाँकन काठमाडौमा सकाउने उनले जानकारी गराए । एउटा बिबाहिता पुरुषले आफ्नी श्रीमती बाहेक अरु नै महिलालाई गर्ने प्रेममा चलचित्रको कथा केन्द्रित रहने श्रेष्ठले जनाए ।
बिवाहिता पुरुषको अन्य युवतिसंगको प्रेम सम्बन्धका प्रसंगहरुमा अभिनय गर्ने कलाकारहरुमा आयुष रिजाल, झरना थापा, रिया श्रेष्ठ लगायतका छन् । वसन्त सापकोटाको संगीत रहने चलचित्र तृष्णामा हिमाल केसीको द्धन्द्ध र कबिराजको नृत्य रहने छ भने चलचित्रलाई रामशरण उप्रेतीले खिच्ने छन् ।