मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक महिना राजिनामा नगर्न प्रधानमन्त्रीको निर्देशन

फिल्मीखबर, काठमाण्डौ, 2011/09/10

सरकार परिवर्तन संगै राजनितीक नियुक्ति पाएका निकायहरुको नेतृत्व परिवर्तनको कुरा उठ्ने गरे पछि चलचित्र क्षेत्रमा पनि यो प्रसंगले निरन्तर चर्चा पाइरहेको छ । तर चलचित्र क्षेत्रमा चलचित्र विकास बोर्ड र सेन्सर बोर्डमा राजनितिक नियुक्ति पाएका ब्यक्तिहरुले तत्काल राजिनामा गर्नु नपर्ने भएको छ ।


यस अघिको सरकारमा सुचना तथा सञ्चार मन्त्री माओबादीको तर्फाबाट नियुक्त भए पछि विकास बोर्ड र सेन्सर बोर्डंमा नियुक्त भएका माओबादी निकट मानिने चलचित्रकर्मीहरुले नयाँ सरकारमा सञ्चार मन्त्रालय माओबादीको पोल्टामा नपरेपछि राजिनामा गर्ने वा नगर्ने अन्यौल कायमै थियो । तर प्रधानमन्त्री डा. बाबुराम भट्टराइले राजनितिक नियुक्ति पाएका चलचित्र विकास बोर्ड र सेन्सर बोर्डका पदाधिकारीहरूलाई अझै एक महिना राजिनामा नदिन निर्देशन दिए पछि तत्काल राजिनामा नगर्ने निर्णय गरेको सेन्सर बोर्डका सदस्य चेतन सापकोटाले जानकारी दिए ।


सापकोटाका अनुसार कुनै पनि नेतृत्वले अगाडी सारेका कामहरु सरकारसंगै नेतृत्व परिवर्तन हुने हुँदा अन्यौलमै रहने ति सबै काम अधुरै रहने इतिहासका कारण प्रधानमन्त्रीले यस्तो निर्देशन दिएको जानकारी दिएका छन् । प्रधानमन्त्रीको निर्देशन पछि सञ्चारमन्त्रीले समेत यसमा सहमति जनाउदै अबको एक महिना राजनितिक नियुक्ति पाएका ब्यक्तिहरुको काम हेर्ने जनाएको सापकोटाले उल्लेख गरे ।


सापकोटाका अनुसार एक त माओबादीले नै सरकारको नेतृत्व गरेका कारण आफुहरु राजिनामा नगर्ने मनस्थितिमा रहे बेला प्रधानमन्त्रीको यस्तो निर्देशनका कारण काम गर्न अझै सहज भएको छ । आफुहरु नेपाली चलचित्र र चलचित्रकर्मीको पक्षमा निरन्तर लडिरहेको जानकारी दिदै सापकोटाले विकास बोर्ड र सेन्सर बोर्डमा अहिले आएको नेतृत्वले चलचित्रकर्मीहरुको मन जित्न सफल भएको दाबि गरे ।

 

चलचित्र क्षेत्रका प्राय संघ संस्था र नेतृत्व पक्तिबाट राजिनामा नदिन सुझाब आएको बताउदै सापकोटाले काम गर्न नसके पद लिएर बस्नुको केही अर्थ नहुने बताए । उनले आफुहरुले काम गर्न नसके तत्काल राजिनामा गर्न तयार रहेको बताउदै आफुहरुको कामका कारण चलचित्रकर्मीहरुले हरेक कदममा साथ दिदै आएको उल्लेख गरे ।