मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सकियो चपली हाइट

फिल्मीखबर, काठमाण्डौ, 2011/09/10

प्रेम, सस्पेन्स र थ्रिलरको फ्युजन चलचित्र 'चपली हाइट' छायाँकनबाट सम्पादनमा पुगेको छ । वास्तविक जीवनको कथामा आधारित रहेर निर्माण गरिएको सो चलचित्रको छायाँकन सकिएर सम्पादनमा पुगेको जानकारी दिंदै युनिटले राजधानीमा इण्डक्ल्याप पार्टीको आयोजना समेत गर्‍यो ।

 

बसुन्धारा स्थित एक क्याफेमा आयोजना गरिएको पार्टीमा उपस्थित सञ्चारकर्मीमाझ बोल्दै चलचित्रका निर्माता अर्जुन कुमारले 'चपली हाईट' पूर्ण व्यवसायिक चलचित्र भएको बताउँदै चलचित्रको नाम युनिक भए जस्तै कथा पनि युनिक नै रहेको बताए । साथै उनले दुई नयाँ चलचित्र निर्माण गर्ने घोषणा समेत गरे । यस अघि 'दि युगदेखि युगसम्म' नामक चलचित्र निर्माण गरेका अर्जुनले अब 'पहिलो माया' र अर्को नाम नजुरेको चलचित्र निर्माण गर्ने घोषणा गरे ।

 

यता चलचित्रका निर्देशक दिपेन्द्र के खनालले पनि चलचित्रको कथाबस्तु नयाँ भएकोले दर्शकहरूको मन छुने दाबी गरे । यस अघि 'दि युगदेखि युगसम्म' र 'धर्मा' निर्देशन गरेका खनालले यो चलचित्र बिगता चलचित्र भन्दा भिन्न रहेको बताए । चलचित्रका कलाकार देखि प्राबिधिक सबैको राम्रो सहयोग पाएको बताउँदै दिपेन्द्रले चलचित्रको हरेक पक्ष राम्रो भएको बताए । यस्तै चलचित्रका कलाकार त्रय अमिर गौतम, बिनिता बराल र राज घिमिरेले आफूहरूले राम्रो काम गर्ने प्रयास गरेको बताउँदै चलचित्र राम्रो बनेको बताए ।

 

मंसिर ९ गते रिलिज डेट तय गरिएको सो चलचित्रको अधिकांश भागको छायाँकन राजधानीको बुढानिलकण्ठ नजिकै रहेको चपली हाइटमा गरिएको हो । चलचित्रको कथा नै चपली हाइटमा आधारित रहेकोले सोही स्थानमा छायाँकन गरिएको निर्माण युनिटको भनाई छ । यसका साथै चलचित्रमा काठमाण्डौ देखि पोखरा सम्मका रमणिय स्थानहरू देख्न सकिनेछ ।

 

निर्माता अर्जुन कुमारकै संगीत रहेको सो चलचित्रमा भुपेन्द्र खड्काको गीत, रेनाशा राईको करियोग्राफी, निरज कंडेलको सिनेमाटोग्राफी तथा सूर्य थोकरको एक्सन रहेको छ । आष्मा फिल्म्सको व्यानरमा निर्माण गरिएको सो चलचित्रको कथा निर्देशक खनाल कै रहेको छ ।