मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ओस्कार कलेजमा तालावन्दी

फिल्मीखबर, काठमाण्डौ, 2011/09/10

नेपाली चलचित्र सम्बन्धी पठाई हुने एक मात्र फिल्मी कलेज 'ओस्कार इन्टरनेश्नल कलेज' अनिश्चितकालका लागि बन्द भएको छ । विद्यार्थी संघर्ष समितीले कलेज प्रशासन विद्यार्थीहरुको भविष्य प्रति गैह्रजिम्मेवार भएको भन्दै आफ्ना ३० बुदे माग सहित कलेज प्रशासन र आर्थिक शाखामा तालावन्दी गरेको हो ।



पठनपाठन नियमित सुचारु हुनुपर्ने पटक पटक माग राख्दा पनि कलेज प्रशासनले वेवास्ता गरेपछि त्रिभुवन बिश्व बिधालय अर्न्तगतको तेस्रो बर्षको परिक्षा चलिरहेको बेला ताला बन्दी गरिएको हो । बार्षिक पाठ्यभार ६४० घण्टा मध्ये २० घण्टा मात्र पर्ढाई भएको, शैक्षिक तथा भौतिक पूर्वाधार पूर्ण नभएको तथा विद्यार्थीलाई भर्ना गर्दा उपलब्ध गराउने भनिएका सुविधाहरु कुनै पनि उपलब्ध नभएको जनाउँदै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।

 

यसै गरी विद्यार्थी संघर्ष समितीले चलचित्र अध्ययन प्राबिधिक शिक्षा भएकाले पूर्ण रूपमा प्रयोगात्मक अभ्यासलाई जोड दिनुपर्ने, शिक्षालाई व्यापारको रूपमा नहेरेर गुणस्तरिय शिक्षा प्रदान गर्नुपर्ने, नेपाली चलचित्र उधोगलाई नयाँ उचाईमा स्थापित गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्नुपर्ने जस्ता मागहरू अघि सारेको छ । आफ्ना मागहरू पूरा नभएमा समितीले चरणबद्व रूपमा आन्दोलन गर्दै जाने बताएको छ ।