निरन्तरको बिबाद पछि अन्ततः निर्देशक समाजका अध्यक्ष केपी पाठक बिरुद्ध हस्ताक्षर अभियान सुरु गरिएको छ । पाठकले आफ्नो कार्यकालमा उल्लेख्य काम गर्न नसकेको, समाजको गरिमा बढाउन नसकेको, सम्पुर्ण निर्देशकहरुलाई समेट्न नसकेको तथा कार्य समितीमा निरन्तर आरोप प्रत्यारोपमा उत्रेको लगायतका आरोपहरु लगाउदै अध्यक्ष पदबाट हटाउन अबिश्वासको प्रस्ताव ल्याउनको लागी हस्ताक्षर अभियान सुरु गरिएको समाजका पुर्व कोषाध्यक्ष सुमन दहालले जानकारी दिए ।
यस अघि पटक पटक बिबाद हुँदा आफुले राजिनामा दिए पनि कसैले स्विकार नगरेको बताउदै आएका पाठकललाई हस्ताक्षर अभियान पछाडी राजिनामाको नैतिक दबाब परेको छ । अन्त्यमा गत शुक्रबार चलचित्र बिकाश बोर्डले अशोज १ गतेका लागी चलचित्र दिवस मनाउन गरेको निर्णयको बिरोध गर्दै आयोजक कमिटि समेत बहिस्कार गरेपछि बिबादले चरम रुप लिएको हो ।
यो समाचार तयार पारुन्जेल यस वर्ष जम्मा १९ जना निर्देशकले सदस्यता नबिकरण गरेका हुँदा समाजको बिधान अनुसार एक तिहाइ निर्देशकले हस्ताक्षर गरेमा उनि माथि अबिश्वासको प्रस्ताब दर्ता गर्न सकिने छ । निर्देशक समाजका प्रथम उपाध्यक्ष बिमल पौडेलले दिएको जानकारी अनुसार पाठकले आफुले गरेका गल्तीहरुमा आफुलाई देखाएर राजनिति गर्ने गरेका छन् ।
अहिले हामीलाई प्राप्त जानकारी अनुसार बिमल पौडेल, सुमन दहाल र निलहरी काफ्ले लगायत केही निर्देशकहरुले हस्ताक्षर गरिसकेका छन् । आज साँझ सम्ममा प्राय निर्देशकहरुले हस्ताक्षर गरिसक्ने र भोलि नै अबिश्वासको प्रस्ताब पेश गरिने उपाध्यक्ष पौडेलले जानकारी दिए । यस बारेमा अध्यक्ष केपी पाठकसँग प्रतिक्रिया लिँदा आफु राजिनामा दिन सधै तयार रहेको बताएका छन् ।
पाठकले यस अघि पनि ४ पटक सम्म राजिनामा दिदा कार्यसमितीका कसैले पनि स्विकार नगरेको तथा उपाध्यक्ष पौडेलले समेत अझै एक वर्ष संगै सहकार्य गर्ने बताएको उनले जनाए । कार्यसमितीका ८० प्रतिशत सदस्यहरुले आफुलाई राजिनामा नगर्न सुझाब दिएको बताए । उनले आफुले किन राजिनामा गर्ने भन्ने कुरा स्पष्ट पारेमा तत्काल राजिनामा गर्ने बताउदै हस्ताक्षर अभियानलाई खासै महत्व दिएनन् ।
रोचक प्रसङ्ग त यो छ कि निर्देशक समाजका अध्यक्ष केपी पाठक र उपाध्यक्ष विमल पौडेल एकिकृत माओवादीका सक्रिय कार्यकर्ता हुन् । उपाध्यक्ष पौडेल लामो समय देखि माओवादी पार्टीमा सक्रिय छन् भने पाठक केहि समय अगाडी टिका लगाएर माओवादी पार्टीमा प्रवेश गरेका हुन् । एउटै पार्टी भित्र रहेका यि दुई बिच मनमुटाव किन भईरहेको छ ? यस विषयलाई गम्भिर रूपमा लिनु पर्ने बेला आएको छ ।
एक बिश्वस्त स्रोतका अनुसार पछिल्लो समय माओवादी पार्टी भित्र चर्केको गुटगत द्वन्दको प्रभाव यि दुईलाई पनि परेको छ । र, यि दुईको द्वन्दले अहिले निर्देशक समाजलाई असर पारिरहेको छ । यस प्रकार चलचित्र संगठन भित्र राजनैतिक रंग देखिनु निश्चय पनि राम्रो हैन । सबैलाई चेतना भया !