मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आर्यन चले तर फिल्म चलेन

फिल्मीखबर, काठमाण्डौ, 2011/09/11

नायक आर्यन सिक्देल पछिल्लो समयमा निकै महँगा नायक मानिन्छन् । अभिनयमा पनि दख्खल नै मानिने आर्यनले एक चलचित्रमा अभिनय गरे बापत ६ लाख भन्दा बढि पारिश्रमिक डिमाण्ड गर्छन् । एउटा कलाकारले आफ्नो पारिश्रमिक तय गर्न पाउनु उसको अधिकार हो तर उसले मार्केट भ्यालु पनि हेर्नुपर्ने निर्माताहरूको गुनासो छ ।

 

चलचित्र रिलिज अगाडी आर्यन हिट नायक मानिन्छन् तर जब चलचित्र रिलिज हुन्छ तब आर्यन असफल नायक मानिन्छन् । जसको पछिल्लो उदाहरण चलचित्र 'सपना' र 'के यो माया हो' हुन् । उनी अभिनित दुई चलचित्र 'सपना' र 'के यो माया हो' व्यापारिक रूपमा असफल भए । बजारमा नायक आर्यनको स्टार पावर छ भनेर हल्ला गर्नेहरूको मुखमा बुजो नै लाग्यो यि दुई चलचित्रको व्यापारले । अर्थात आर्यनले आफ्नो स्टार पावर देखाउन सकेनन् ।

 

'के यो माया हो' ले शुक्रबार र शनिबार राम्रै व्यापार गर्‍यो तर त्यसपछिका दिनहरूमा भने अन्य चलचित्रको नियती यस चलचित्रले पनि भोग्नु पर्‍यो । सपनाको हकमा कुरा गर्दा त आर्यन बिचरा नै देखिए । सपनामा त आर्यनलाई राजेशले पनि सपोर्ट गरेका थिए तर यसको व्यापारले स्टार पावरले चलचित्र चल्ने कुरामा अविश्वास पैदा गर्‍यो ।

 

यि त आर्यनका ज्वलन्त उदाहरण मात्र हुन् । उनका पछिल्ला चलचित्रको व्यापार खासै उल्लेख्य नभएको देखिन्छ । कुरा शुरू गरौं उनको पहिलो चलचित्र 'किस्मत' बाट । रेखा फिल्म्सको व्यानरमा निर्माण भएको सो चलचित्रले व्यापार राम्रै गर्‍यो तर जश भने रेखा र बिराजले पाए । हुनत उनी सो बेला नयाँ नै थिए जसले गर्दा जश नपाउनु कुनै अनौठो थिएन । तर जब आर्यन बिस्तारै चलचित्र क्षेत्रमा छाउन थाले उनको भाउ बढ्दै गयो तर चलचित्रको व्यापार भने घट्दै गयो ।

 

आर्यनले अभिनय गरेका अर्का दुई चलचित्र 'फस्ट लभ' र 'कस्ले चोर्‍यो मेरो मन' पनि व्यापारिक रूपमा सफल भए तर यि दुबै चलचित्रबाट आर्यन ओझेलमा परे । 'फस्ट लभ' को क्रेडिट निशा अधिकारी र कर्मले लगे भने 'कस्ले चोर्‍यो मेरो मन' को क्रेडिट रेखाले लगिन् । त्यस्तै आर्यनको नाममा चलाउन खोजिएका चलचित्र 'कोही मेरो', 'बन्दी', 'फ्ल्यास ब्याक' जस्ता चलचित्रहरूले निर्मातालाई डुबाए मात्र ।

 

चलचित्रको व्यापारमा एउटा कलाकार मात्र दोषि हुँदैन तर पनि उसले जति रकम हात पार्छ त्यसको रिटर्न निर्मातालाई हुनु पर्छ । नत्र धेरै पारिश्रमिक दिएर अभिनय गराउनुको अर्थ के ? नेपालीमा एउटा उखान नै छ नि 'घाँटी हेरी हाड निल्नु पर्छ' । कतै आर्यनले घाँटी नहेरी हाड निल्ने प्रयास त गरेका छैनन् ? आर्यन जि बेलैमा बिचार गर्नु होला नत्र घाँटीमा हाड अड्केला नि !