अभिनेत्री करिष्मा मानन्धरले साढे दुई लाख पर्ने बेड किन्ने भएकी छिन् । आइतवार सामाखुसीमा खोलिएको अम्ब्रेला ट्रेडर्सको उद्घाटन गर्दै अभिनेत्री मानन्धरले शो रूममा राखिएको साढे दुई लाख पर्ने बेड निकै मन परेको बताउँदै श्रीमान बिनोद मानन्धरसँग सल्लाह गरेर किन्ने बताईन् ।
अम्ब्रेला ट्रेडर्सको उद्घाटन पछि रातो रंगको सो बेडमा एक छिन सुतेपछि निकै आरामदायी रहेको बताउँदै करिष्माले केहि समय भित्रमा किन्न सक्ने बताईन् । करिब २ मिनेट बेडमा सुतेर अनुभव लिएकी करिष्माले यस्तो बेड पहिलो पटक देखेको बताईन् । उनले भनिन्, 'यस्तो बेड पहिलो पटक देख्दै छु । अब म पनि छिट्टै किन्छु ।'
करिष्मा मात्र हैन नायक मुकेश ढकालले पनि सो बेड किन्ने बताए । सेतो रङको बेड निकै मन परेको बताउँदै नायक ढकालले केहि समय पछि किन्ने बताए । उनी पनि केहि बेल सो बेडमा सुतेर मौकामा चौका हानेका थिए । निकै आकर्षक तर महँगा फर्निचर राखिएको सो शो रूमको उदघाटनमा करिष्मा र मुकेशको साथमा निर्देशक बाबुराम दाहाल, संगीतकार अष्ट लामा, क्यामरा म्यान दिपक बज्राचार्य लगायतका चलचित्रकर्मी उपस्थित थिए ।