मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'म तिम्रो भईसकें' लाई 'यु' सर्टिफिकेट

फिल्मीखबर, काठमाण्डौ, 2011/09/12

बिकाश आचार्य निर्देशित चलचित्र 'म तिम्रो भईसकें' लाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । चलचित्रका कुनै पनि सिन तथा संवाद हटाउन नपर्ने भन्दै सबैले हेर्न मिल्ने गरी 'यु' सर्टिफिकेट दिएको हो ।
 

आइतवार साँझ चलचित्र हेरिसके पछि सेन्सर बोर्डका सदस्यहरूले चलचित्रमा कुनै पनि सिन अपाच्य नभएको बताउँदै खुसी भएर 'उ'सर्टिफिकेट दिएको निर्देशक आचार्यको भनाई छ । साधारण प्रेमकथा बोकेको सो चलचित्र राम्रो बनेको बोर्डका सदस्यहरूको भनाइ रहेको आचार्यले बताए । असोज १३ गते राजधानी बाहिरका सिनेमा घरमा प्रदर्शन हुने भनिएको सो चलचित्रमा जीवन लुईटेल, ऋचा सिंह ठकुरी, अयुब केसी, उत्तम केसी, विज्ञान सापकोटा, प्रतिष्ठा प्रसाई, रामकृष्ण बजगाई लगायतको अभिनय रहेको छ ।

 

रेड क्यामेराले छायाँकन गरिएको चलचित्र 'म तिम्रो भईसकें' मा बिकाश आचार्यको लेखन, बसन्त सापकोटाको संगीत, शम्भु सापकोटाको छायाँकन, हिमाल केसीको द्वन्द तथा कविराज गहतराजको नृत्य रहेको छ । चलचित्रका गीतमा दिपक लिम्बु र रजिना रिमालले स्वर दिएका छन् भने गीतहरू शैलेश आचार्य र दयाराम पाण्डेले लेखेका हुन् । चलचित्रमा जम्मा तीन गीत समावेश गरिएको छ । उक्त गीतहरू अहिले निकै चर्चामा पनि छन् ।

 

वान टाईम सिनेमा प्रालिको ब्यानरमा निर्माण भएको सो चलचित्रमा काठमाण्डौ, धरान, बिराटनगर, दोलखा लगायतका स्थानका रमणिय दृश्य हेर्न सकिने छ । यस अघि नाइ नभन्नु ल निर्देशन गरेका आचार्यले अब 'तिमी मेरी बन्नु ल' निर्देशन गर्ने भएका छन् । छिट्टै नै छायाँकनमा जाने योजना बनाएका निर्देशक आचार्यले कथा पनि तयार पारि सकेको जानकारी दिए ।