चलचित्र पुरानो हुँदैन मायाको प्राबिधिक काम सम्पन्न नहुँदै सेन्चुरी फिल्म्सले अर्को चलचित्र निर्माण गर्दैछ । असोज पहिलो साताबाट छायाँकनमा जाने भए पनि मंगलबारबाट सोर्ह श्राद्वध सुरु हुने भएकोले सोमबार नै चलचित्र युनिटले स्कृप्ट र क्यामरा पुजाआजा गरी चलचित्र निर्माणको घोषणा गरेको हो ।
सेन्चुरी फिल्म्सको ब्यानरमा निर्माता सन्दिप भुषालको प्रस्तुती रहने चलचित्र 'बाचा' को सोमबार बिहान कमलादी स्थित गणेश मन्दिरमा पुजा गरिएको हो । चलचित्रका कलाकारहरु, प्राबिधिक, निर्माता र निर्देशक सहितको सानो टोलि मन्दिरमा पुगि पुजाआजा गरेको थियो । चलचित्रको निर्देशन दिपक श्रेष्ठले गर्दैछन् । निर्देशक श्रेष्ठले भर्खरै मात्र सेन्चुरी फिल्म्सकै चलचित्र 'पुरानो हुँदैन माया' को निर्देशन गरेका छन् ।
निर्मल सेन्चुरी, सिम्रन पोखरेल, दिलिप रौनियार लगायतका कलाकारहरुको प्रमुख भुमिका रहने चलचित्र बाचामा कोसिस क्षेत्रीले संगीत दिएका छन् । लभ स्टोरी चलचित्र भनिएको बाचामा ५ वटा गीत रहने बताइएको छ । हिमाल केसीको द्धन्द्ध रहने चलचित्रलाई सौरव लामाले खिच्ने छन् । चलचित्रको काठमाण्डौ, पोखरा, बाग्लुङ लगायतका स्थानमा छायाँकन गरिदै छ ।