दिन भरिको सुटिङको थकाई मेट्न नायक आयुष रिजाल चिप्लेढुङगा स्थित Cefe De Garden मा आईपुगेका के थिए उनको मोवाईलमा एउटा फोन आयो । फोन गर्ने व्यक्तिले के भने त्यो त सुन्न पाईएन तर आयुषले कुरा गरेको सुन्दा लाग्थ्यो उनी कोही आफ्ना फ्यानसँग कुरा गर्दै थिए । उनि भन्दै थिए 'म तिमीलाई फेवातालमा सुटिङ हुँदा बोलाउछु ।' त्यसै बिचमा उनले फोन राखे र भने, 'उनी मेरो फ्यान म सँग भेट्न खोज्दैछन ।'
फोन गर्ने व्यक्तिको बारॆमा सुनाउँदै आयुषले सैलुनमा काम गर्ने भाई जो पहिलो पटक आफ्नो चलचित्र हेरेर फ्यान भएको बताए । आफ्नो चलचित्र हेरेर राम्रो लागेपछि फोन गरेको बताउँदै आयुषले भने, 'एक जनासँग राम्रो बोल्यो भने उसले दुई चार जना साथिहरु लिएर चलचित्र हेर्न जान्छ । त्यसैले मैले फोनमा राम्रै रेस्पोन्स दिन्छु ।' फिल्मीखबरसँगको बार्ताका क्रममा निर्माता हरि बराल र पवन प्रजापति पनि आई सकेका थिए । उनिहरुले पनि आयुषको कुरा सुनिरहेका थिए ।
एकै छिनमा आफ्नो मोबाइल निकाल्दै आयुषले एउटी अमेरीकन केटीले आफ्नो चलचित्र च्यालेञ्ज हेरे पछि sms गरेको कुरा निर्माता बराललाई देखाए । तर बरालले आफैलाई पढेर सुनाउन भने पछि आयुषले sms पढेर सुनाए । sms मा च्यालेन्ज हेरे पछि ति युवतीले उनको तारिफ गरेको कुरा उल्लेख थियो । निर्माताद्वयलाई बिश्वास नलाग्ला भनेर आयुषले फोन नम्बर पनि देखाए ।
अब नेपालको स्टार जस्तो मान्छेले के झुट बोले होलान् र ! अमेरिकामा बस्ने नेपालीले पठाएको हो या साँच्चिकै अमेरिकनले पठाएको हो sms भने आएकै थियो । तर यो सब हर्कत हेरेपछि फिल्मीखबरले आयुषलाई राम्रै बिष्लेष्ण गर्यो । उनि फिल्मको हिरो मात्र नभएर एउटा राम्रो master minded व्यक्ति पनि रहेछन् । एक जना फ्यानलाई राम्रो responce देखाएर आफ्नो दर्शक बढाउने दिमाग र फिल्म नचले भए पनि sms देखाएर निर्मातालाई आफ्नो क्रेज अझै छ है भन्ने कुराको पुष्टि गर्ने आयुषको दिमागलाई मान्नै पर्छ ।