मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आचार्यले मानबिय संवेदनालाई स्पर्श गर्ने

फिल्मीखबर, काठमाण्डौ, 2011/09/13

पहिलो पटक भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र 'आचार्य' को निर्देशन गरेका प्रशान्त रसाइलीले चलचित्र 'आचार्य' भित्रका धेरै दृष्यहरुले मानबिय संवेदनालाई स्पर्श गर्ने बताएका छन् । चलचित्र भित्र मानिसले जीवन जिउने क्रममा आफ्नो उद्धेश्य प्राप्तीका लागी कस्ता कस्ता संघर्षहरु गर्दछ भन्ने कुरा चलचित्रले उठान गरेको रसाइलिले बताए ।

 
चलचित्र आचार्य एउटा गायकको जीवनीमा आधारित चलचित्र भएका कारण धेरै दृष्यहरुले दर्शकको मन छुने उनको दाबि छ । भक्तराजले रेडियो नेपालबाट पाएको मेडललाई आफ्नो भोक मेटाउनको लागी बेचेको दृष्य र उनको जिब्रो काटि दिंदाको दृष्य सबैभन्दा बढी मर्मस्पर्शी भएको रसाइलिले बताए । उनले चलचित्र आचार्य भक्तराजको वास्तविक जीवन कहानी भएको बताउदै चलचित्रबाट भक्तराजलाई सहजै चिनिने बताए ।
 

धेरै भन्दा धेरै दृष्यहरुलाई वास्तविकता रुपमा प्रस्तुत गरेको उनले बताएका छन् । चलचित्रका प्रमुख कलाकार सत्यराज आचार्यको कामको प्रसंसा गर्दै रसाइलिले चलचित्रलाई वास्तविक स्वरुप दिन प्रमुख पात्र भक्तराजको भुमिका निभाउने सत्यराजको अभिनयको पनि ठुलो हात रहेको बताए । भक्तराज आचार्यसँग कुराकानी गरेर नै चलचित्रको स्कृप्ट लेखिएको बताउदै उनले यो चलचित्रमा वास्तविक प्रसंगलाई कलात्मक दृष्टिले प्रस्तुत गरेको दाबि गरे ।