मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गीत भित्र नाम खोज्ने निर्देशक

फिल्मीखबर, काठमाण्डौ, 2011/09/13

निर्देशक बिकाश आचार्यले आफुले पहिला चलचित्रको शिर्षक लेखे पछि सोही अनुरुपको कथा लेख्ने गरेको बताएका छन् । आफ्ना चलचित्रहरुमा आफ्नै चलचित्रको गीतका वाक्यहरु प्रयोग हुने गरेको बारे स्पष्ट पार्दै उनले शिर्षक मन परेपछि त्यसलाई सार्थक बनाउन सोही अनुरुपको कथा लेख्ने गरेको बताए ।


चलचित्रको कथा र शिर्षकको बिचमा तालमेल नभए चलचित्रले पनि सार्थकता नपाउने बताउदै उनले पहिलो चलचित्र 'नसिब आफ्नो' बनाउदा त्यसमा रहेको एउटा गीतको शब्द 'नाइ नभन्नु ल' मन परेको र त्यसैलाई चलचित्रको नाम बनाएको र यो क्रम अहिले पनि दोहोरिएको बताए । आफुलाई गीतका शब्दले छोए पछि त्यहि अनुसारको कथा बुनेको उनको भनाइ छ ।


चलचित्र 'म तिम्रो भईसकें' मा पनि उत्कृष्ट काम गर्ने प्रयत्न गरेको बताउदै  गीत राम्रो बनाएकै कारण चर्चामा रहेको आचार्यको दाबी छ । नेपाली दर्शकहरुले मन पराउने खालको चलचित्र बनेको बताउदै उनले दर्शकहरुलाई 'नाइ न भन्नु ल' भन्दा अझ उत्कृष्ट 'म तिम्रो भईसकें' बनेको बताए । चलचित्र 'नाइ नभन्नु ल' को शिर्ष गीतबाट नै निर्देशक आचार्यले अर्को चलचित्र 'तिमी मेरी बन्नु ल' समेत निर्माण गर्ने भएका छन् ।

 

नायक जीवन लुईंटेलमा एउटा नायकमा हुनु पर्ने गुणहरु पाएका कारण उनलाई दोहोर्‍याएको बताउने आचार्यले ऋचाको सम्बन्धमा पनि राम्रो अभिनय गर्ने भएकै कारण डेब्यु गराएको र अहिले पनि दोहोर्‍याएको बताए । असोज १३ गते राजधानी बाहिरका सिनेमा घरमा प्रदर्शन हुने भनिएको सो चलचित्रमा जीवन लुईटेल, ऋचा सिंह ठकुरी, अयुब केसी, उत्तम केसी, विज्ञान सापकोटा, प्रतिष्ठा प्रसाई, रामकृष्ण बजगाई लगायतको अभिनय रहेको छ ।

 

चलचित्र 'म तिम्रो भईसकें' मा बिकाश आचार्यको लेखन, बसन्त सापकोटाको संगीत, शम्भु सापकोटाको छायाँकन, हिमाल केसीको द्वन्द तथा कविराज गहतराजको नृत्य रहेको छ । वान टाईम सिनेमा प्रालिको ब्यानरमा निर्माण भएको सो चलचित्रमा काठमाण्डौ, धरान, बिराटनगर, दोलखा लगायतका स्थानका रमणिय दृश्य हेर्न सकिने छ ।


निर्देशक बिकाश आचार्यसँग गरिएको बिस्तृत कुराकानी केही समय पछि फिल्मीखबरले प्रस्तुत गर्नेछ । प्रतिक्षा गर्नुहोला !