निर्देशक समाजका अध्यक्ष केपी पाठक बिरुद्ध अबिश्वासको प्रस्ताव दर्ता गर्न संकलन गरिएको हस्ताक्षर आज दर्ता गरिंदै छ । प्रथम उपाध्यक्ष बिमल पौडेलले दिएको जानकारी अनुसार आज दिउसो कार्यालय सचिबलाइ १७ जना निर्देशकहरुले हस्ताक्षर गरेको उक्त प्रस्ताब पेश गरिन लागिएको हो ।
अध्यक्ष बिरुद्ध किन अबिश्वासको प्रस्ताव दर्ता गर्न लागीएको हो भन्ने कुरा आज दिउसो बुदागत रुपमा नै जानकारी गराउने बताउदै उपाध्यक्ष पौडेलले यसबारेका केही बोल्न चाहेनन् । हिजो प्रस्ताब दर्ता गर्ने भनिए पनि बिभिन्न कारणले आज दर्ता गर्न लागीएको पौडेलको भनाइ रहेको छ । उनले आज निर्देशक समाजको पक्षमा एउटा महत्वपूर्ण कदमको रुपमा हस्ताक्षर अभियानलाई लिएका छन् ।
अध्यक्ष बिरुद्ध अबिश्वासको प्रस्ताब पेश गरेको १५ दिन भित्रमा साधारण सभा अनिबार्य बोलाउनु पर्ने बिधान रहेको जानकारी दिदै पौडेलले प्रस्ताबको निश्कर्ष भने साधारण सभाबाट नै निश्कने बताए। आफुले कार्यबहाक नलिने बताउदै पौडेलले साधारण सभाले गर्ने निर्णय नै आफुहरुले मान्ने जनाएका छन् ।