मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्रकर्मीका लागि असोज १ ऐतिहासिक दिन हुने

फिल्मीखबर, काठमाण्डौ, 2011/09/14

चलचित्र विकास बोर्डको पहलमा असोज १ गते मनाउन लागिएको चलचित्र दिवसलाई भव्य रूपमा सफल पर्न बोर्डले सम्पूर्ण चलचित्रकर्मीको साथ मागेको छ । बुधबार बोर्डको सभा हलमा बसेको सर्वपक्षिय बैठकमा कार्यक्रमको खाका प्रस्तुत गर्दै बोर्डका अध्यक्ष गणेश भण्डारीले चलचित्र दिवस सम्पूर्ण चलचित्रकर्मीको भएकाले यसलाई सफल पार्न सबैको सहयोगको अपेक्षा गरेको बताए ।

 

चलचित्र दिवस मनाउने निर्णय सरकारको तर्फबाट नभई सम्पूर्ण चलचित्रकर्मीको तर्फबाट रहेको बताउँदै अध्यक्ष भण्डारीले यस दिवसलाई ऐतिहासिक बनाउने बताए । चलचित्र दिवस मनाउन लाग्दा केहि चलचित्रकर्मीले बिरोध गरेको स्मरण गर्दै भण्डारीले बिरोधको मात्र ठूलो नभएकोले कोहि पनि बिचलित नहुन आग्रह गरे । यस्तै बरिष्ठ चलचित्रकर्मी निर शाहले व्यक्तिगत अवधारणालाई पन्छाएर संस्थागत रुपमा चलचित्र दिवस मनाउनु पर्ने बताए । साथै उनले नेपालको पहिलो चलचित्र 'आमा' कि 'सत्य हरिशचन्द' भन्ने बिबाद आईरहँदा  'सत्य हरिशचन्द' नै पहिलो चलचित्र भएको बताए ।

 

यता निर्माता संघका अध्यक्ष राजकुमार राईले बिरोध गर्नेलाई पखा लगाउँदै दिवसलाई भव्य रूपमा मनाउन सबै चलचित्रकर्मीको सहयोग चाहिने बताए । त्यस्तै निर्माता संघका उपाध्यक्ष आकाश अधिकारीले पनि यो दिवस नेपाली चलचित्रकर्मीको लागि ठूलो चाड हुने बताउँदै यसलाई राजनितीबाट टाढा राख्नुपर्ने बताए । डिजिटल सिनेमा नेपालमा महाप्रबन्धक अशोक शर्माले चलचित्र दिवसलाई बिरोध गरेको सुन्दा दु:ख लागेको बताए ।

 

चलचित्र दिवसलाई भव्य बनाउन असोज १ गते गरिने कार्यक्रमको खाका बोर्डले तय गरेको छ । जसमा बिहान साढे सात बजे कमलादी स्थित प्रज्ञा भवनमा भेला भई प्रभात फेरी गर्ने । प्रभातफेरी कार्यक्रम कमलादी, घण्टाघर हुँदै रत्नपार्क स्थित शान्ति बाटिकामा पुगि सभामा परिणत गरिने भएको छ । सो प्रभात फेरि कार्यक्रममा सहभागि हुन बोर्डले सम्पूर्ण कलाकार, प्राबिधिक तथा निर्माता निर्देशकहरूलाई आग्रह गरेको छ । साथै बोर्डले चलचित्रसंग सम्बन्धित संघसस्थाहरूले आ-आफ्नो संस्थाको व्यानर र सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरेको छ ।

 

प्रभात फेरि पछि बोर्डले दिउँसो टक शो कार्यक्रमको आयोजना गर्ने छ । त्यसपछि साँझ ६ बजे तिर बसन्तपुरमा सम्पूर्ण चलचित्रकर्मीलाई भेला गराई दिपावली गर्ने कार्यक्रम बोर्डले राखेको छ । यसका साथै बोर्डले हरेक संस्थाको भवन र चलचित्रकर्मीले आफ्नो घरमा कम्तिमा पनि २५ वटा मैनबत्ति बालेर दिपावली गर्न आग्रह गरेको छ । चलचित्रसँग सम्बन्धित संघसंस्थाले के-के गर्ने भन्ने बारे अझै निर्नयनिर्णय नगरेको भए पनि निर्देशक आकाश अधिकारीले रेड स्टुडियो र आफ्नो चलचित्र 'काठमाण्डौ' को तर्फबाट ब्याण्ड बाजा निकाल्ने बताए ।