मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सिजी डिजिटल अवार्डमा 'कस्ले चोर्‍यो मेरो मन' को बर्चस्व

फिल्मीखबर, काठमाण्डौ, 2011/09/14

छायाँछबि प्रकाशनको आयोजनामा सम्पन्न भएको सिजी डिजिटल फिल्म अवार्डमा रेखा फिल्म्सको चलचित्र 'कस्ले चोर्‍यो मेरो मन' ले उत्कृष्ट चलचित्र सहित सर्वाधिक आठ अवार्ड हात पार्यो । राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा भव्य समारोहका बिच सम्पन्न सो अवार्ड कार्यक्रममा  सुरज सुब्बा निर्देशित चलचित्र 'बाटो मुनिको फूल' ले उत्कृष्ट निर्देशक सहित सात अवार्ड हात पार्यो ।

 

यस्तै चलचित्र ठेगानाले क्रिटिक्स अवार्ड सहित पाँच अवार्ड हात पार्‍यो भने चलचित्र श्रीमानले पनि जुरी अवार्ड सहित पाँच अवार्ड हात पार्यो । हिमालयन टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको सो अवार्ड कार्यक्रम अर्न्तगत हिमायल टेलिभिजन पब्लिक च्वाइस अवार्डमा चलचित्र श्रीमानबाट नायक कल्याण घिमिरे र नायिका पूजना स्त्रीले अवार्ड हात पारे । यसैगरी छायाँछबि एसएमएस भोटिङ तर्फ सर्वाधिक धेरै भोट पाएर राजेश हमालले छायाँछबि पपुलर अवार्ड हात पारे । नोमिनेशनमा नराखिएको भएपनि अच्युत गजुरेललाई एनिमेटेड अवार्ड दिईयो ।

 

करिब करिब चार घण्टा लामो अवार्ड कार्यक्रमको शुरूवात स्याक्सो फोन बादक शुभबहादुर सुनामको टोलीले गरेको थियो । सो टोलीले करिब १० मिनेट जति पूराना चलचित्रका कालजयी संगीत प्रस्तुत गरेका थिए । त्यसैगरी कार्यक्रममा नायक मुकेश ढकाल, नायिका नीता ढुंगानाले चलचित्र 'हाम्रो माया जुनी जुनीलाई'को गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए । यसैगरी कार्यक्रममा शंकर बिसी, पार्वती राई, गम्भिर बिष्ट, निचमा घिमिरेले नृत्य प्रस्तुत गरेका थिए भने दुर्गा परियार, मल्लिका कार्की, रूपक डोटेल लगायतले गीत गाएका थिए । कार्यक्रममा हाँस्यकलाकार दिपक राज गिरीले केहि बेर दर्शकहरूलाई निकै मनोरञ्जन प्रदान समेत गरेका थिए ।

 

अवार्ड कार्यक्रमको मौका छोपी दुई चलचित्र 'मालतीको भट्टी' र 'हाम्रो माया जुनी जुनीलाई' को अडियो सिडी सार्वजनिक गरियो भने कार्यक्रममा सञ्चालक दिनेश डिसीले निर्देशन गर्ने चलचित्र 'मायाज बार' को मुहुर्त पनि गरियो । मुहुर्त कार्यक्रमको शुरूवात चलचित्रको गीतमा सोही चलचित्रबाट डेब्यू गर्न लागेका नायक गजित बिष्ट सहितको टोलीको आकर्षक नृत्यबाट गरियो । यस्तै नेपाली चलचित्र क्षेत्रमा डिजिटल प्रबिधि भित्र्याएका भनिने निर्देशक नारायण पुरी, पहिलो डिजिटल सम्पादक करूण थापा र पत्रकार कृष्ण भट्टराईलाई सम्मानित गरियो ।

 

सीजी डिजिटल फिल्म अवार्ड – २०६८ का बिजेताहरू

उत्कृष्ट श्रृंगार - निमा लामा ( ब्याच नं १६ )


उत्कृष्ट पाश्र्व संगीत -  जुगल डंगोल ( ठेगाना )


उत्कृष्ट ध्वनी मिश्रण - डिजे एलएक्स ( बाटो मुनीको फूल )


उत्कृष्ट कला निर्देशन- निर्जल श्रेष्ठ ( कसले चोर्यो मेरो मन )


उत्कृष्ट नृत्य निर्देशन - राजु शाह ( कसले चोर्यो मेरो मन )


उत्कृष्ट द्वन्द्व निर्देशक - राम/जनक ( मन परेपछि )


उत्कृष्ट गीतकार- किरण खरेल ( कसले चोर्यो मेरो मन )


उत्कृष्ट पाश्र्व गायक - शिव परियार  ( श्रीमान )


उत्कृष्ट पाश्र्व गायिका - प्रकृति गिरी  ( बाटो मुनीको फूल )


उत्कृष्ट संगीतकार - सुरेश अधिकारी  ( कसले चोर्यो मेरो मन )


उत्कृष्ट सम्पादन -  सुरेन्द्र पौडेल  ( ब्याच नं १६ )


उत्कृष्ट छायाँकार -  पुरुषोत्तम प्रधान ( ब्याच नं १६ )


उत्कृष्ट कथा - रामशरण पाठक  ( ठेगाना )


उत्कृष्ट पटकथा - सुरज सुब्बा ( बाटो मुनीको फूल )


उत्कृष्ट सम्वाद -  नवल नेपाल  ( श्रीमान )


उत्कृष्ट बाल कलाकार - संगम विष्ट  ( श्रीमान )


उत्कृष्ट हाँस्य कलाकार - जय किशन बस्नेत ( मनमनै मन पराएँ )


उत्कृष्ट चरित्र अभिनेत्री - मिथिला शर्मा  ( ठेगाना )


उत्कृष्ट चरित्र अभिनेता -  गणेश उप्रेती  ( ठेगाना )


उत्कृष्ट खलपात्र - अर्पण थापा ( ब्याच नं १६ )    


उत्कृष्ट नवनायिका - सुमिना घिमिरे ( दुलही )


उत्कृष्ट नवनायक - यस कुमार ( बाटो मुनीको फूल )


उत्कृष्ट नवनिर्देशक - सबिर श्रेष्ठ ( कसले चोर्यो मेरो मन )


उत्कृष्ट सह-अभिनेता - बाबु बोगटी ( बाटो मुनीको फूल )


उत्कृष्ट सह-अभिनेत्री - नन्दिता केसी ( बाटो मुनीको फूल )


उत्कृष्ट अभिनेत्री - रेखा थापा ( कसले चोर्यो मेरो मन )


उत्कृष्ट अभिनेता - आर्यन सिग्देल  ( कसले चोर्यो मेरो मन )


उत्कृष्ट निर्देशक - सुरज सुब्बा ( बाटो मुनीको फूल )


उत्कृष्ट चलचित्र - कसले चोर्यो मेरो मन

 

क्रिटिक्स अवार्ड - चलचित्र ठेगाना


जुरी अवार्ड - निर्देशक नवल नेपाल (श्रीमान )

 

छायाँछबि पपुलर अवार्ड - राजेश हमाल

 

एनिमेटेड अवार्ड - अच्युत गजुरेल


हिमालय टेलिभिजन पब्लिक अवार्ड - कल्याण घिमिरे र पूजना स्त्री (श्रीमान )