तपाईंले कसैलाई जन्मदिनको शुभकामना दिनु भयो भने उसले दिने जवाफ पक्कै पनि 'थ्यान्क्यू' नै हुन्छ । तर नेपाली चलचित्र क्षेत्रमा दुई यस्ता व्यक्ति छन् जसले एकअर्कालाई शुभकामना दिंदा 'थ्यान्क्यू' नभनेर 'सेम टु यू' भन्छन् । जिज्ञासा उत्पन्न भयो होला कि उनीहरूले किन 'थ्यान्क्यू' नभनेर 'सेम टु यू' भन्छन् ?
चलचित्र क्षेत्रका दुई हस्ति नायक भुवन केसी र दिलिप रायमाझी नै हुन् ति व्यक्ति जो जन्मदिनका दिन शुभकामना व्यक्त गर्दा 'सेम टु यू' भन्छन् । कुरा बुझ्नु भयो होला ! हो, यि दुईको जन्मदिन एकै दिन अर्थात असोज १ गते पर्दछ । जन्म साल एउटै नभए पनि यि दुई काठमाण्डौमा एकै तिथीमा जन्मेका कलाकार हुन् । त्यसैले पनि होल यि दुईको स्वाभाव केहि हदसम्म मिल्छ पनि ।
काठमाण्डौको सिनामंगलमा जन्मेका भुवन र काठमाण्डौकै किर्तिपुर नगरपालिकामा जन्मेका दिलिपको स्वाभाव उस्तै उस्तै लाग्छ । यि दुबै नायक रोमान्टिक मुडका छन् । त्यस्तै यि दुई नायक मात्र नभएर निर्माता पनि हुन् । नायक केसी अहिले आफ्नो चलचित्र 'साथी म तिम्रो' रिलिजको पर्खाईमा छन् भने दिलिप पनि आफ्नो निर्माणको चलचित्र 'मिस यू' को रिलिजको पर्खाईमा छन् ।
तर नायकै भएर नमिल्ने दुई वटा महत्वपूर्ण कुरा छन् । पहिलो दिलिप राम्रो नाच्न जान्दछन् भने भुवन काम चलाउ डान्स गर्छन् । दोस्रो कुरा भुवनले श्रीमती फेरि रहन्छन् भने दिलिप त्यो मामलामा पछाडी छन् । यानकी दिलिप आफ्नै श्रीमतीबाट खुसी छन् । अभिनयमा भने यि दुबै दख्खल नै मानिन्छन् ।
यता नायक दिलिपका नजिकका साथी मध्येका एक सञ्चारकर्मी तथा कलाकार सुब्रत आचार्यको जन्म पनि असोज १ गते नै पर्दछ । उनी पनि यि दुईको स्वाभावमा मिल्ने व्यक्ति हुन् । सुब्रत लामो समय देखि चलचित्र पत्रकारितामा आबद्व छन् भने उनले केहि चलचित्र र म्युजिक भिडियोमा आफ्नो अभिनय कला पनि प्रस्तुत गरिसकेका छन् ।
केहि स्वाभाव एउटै र केहि स्वाभाव फरक भएका यि तीन हस्तिहरूलाई फिल्मीखबर डटकमको तर्फबाट जन्मदिनको शुभकामनाका साथै नायकद्वय भुवन केसी र दिलिप रायमाझीको रिजिल हुन लागेका चलचित्र 'साथी म तिम्रो' र 'मिस यू' को सफलातको लागि पनि शुभकामना !