मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुस्मितासँग बिबाह नगरेको भुवनको खुलासा

दयाराम घिमिरे, काठमाण्डौ, 2011/09/18

कुनै न कुनै बहानामा समय समयमा बिबादमा परिरहने सदावहार नायक भुवन केसीले अर्को आफ्नो एउटा रहस्य सार्वजनिक गरेका छन् । आफूले आफ्नी कान्छी श्रीमती सुस्मिता केसीसँग बिबाह नै नगरेको बताएका छन् । सिटिजन एफएमको कार्यक्रम सिने यात्रीमा बोल्दै नायकले यस्तो प्रतिकृया दिएका हुन् ।

 

भुवनले सुस्मीतासँगको सम्वन्ध बिबाह नभइ लिभिङ टुगेदर मात्र रहेको बताए । यहि क्रममा छोरो अनमोलको जन्म भएको भन्दै  बिबाह भनेर मन्दिरमा गएर वा अन्य तरिकाले नभएको पनि उनले प्रष्ट पारे । उनले सो कार्यक्रममा आफूलाइ आफै अन्य नायक भन्दा बढि ह्यान्डसम र हिट भएको बताउदै आफू एकदमै सोचेर सत्य मात्र बोल्ने नायक भएको पनि दाबि गरे ।

 

नायक केसिले भने जस्तै  सुस्मितासँग बिबाह नभएको भए फेरि डिभोर्स र मिलन अनि फेरि डिभोर्सको कुरा कहाँबाट आयो ? के बिबाह नै नगरे पछि डिभोर्स हुन्छ र ? किनकी उनले केहि समय अगाडी सुस्मितासँग डिभोर्स भएको बताएका थिए । यि नायकले पनि के-के भन्छन् बुझ्न सकिन्न । लौ लौ नायक ज्यू बिबाह नगरेको भए पनि छोरा जन्माई हाल्नु भो क्यारे !