मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मायाको बारीमा फुलेका जोडी

फिल्मीखबर, काठमाण्डौ, 2011/09/20

कुनै पनि बगैंचामा सुन्दर फूल फुल्छ भने त्यसले वरपरको वातावरणलाई नै सुन्दर तथा रमणिय बनाउँछ । यहि चलचित्रमा पनि कलाकारले राम्रो अभिनय गरेर देखाए भने त्यसको राम्रो प्रभाव निर्माता देखि दर्शक सबैलाई पर्दछ । प्रदर्शनको क्रममा रहेको चलचित्र 'मायाको बारीमा' मा पनि दुई जोडीले फूल फुलाउने प्रयास गरेका छन् ।


चलचित्रको पर्दामा पहिलो पटक देखिएको नायिका केकी अधिकारी र नायक एशराज गरचको जोडी अभिनित चलचित्र 'मायाको बारी' मा आउँदो तिहारमा रिलिज हुँदैछ । चलचित्र 'स्वर' मा एकसाथ अभिनय गरेका केकी र एशराजले 'मायाको बारीमा' मा अनस्क्रिन रोमान्स गरेका छन् । अझ भनौं यो जोडीले मायाको बारीमा फूल फुलाउने प्रयास गरेको छ ।

 

केकी र एशराजको मात्र हैन राजेश हमाल र करिष्मा मान्धरको जोडी पनि यस चलचित्रमा देख्न सकिन्छ । उनीहरूले पनि मायाको बारीमा फूल फुलाउने प्रयास गरेका छन् । राजेश र करिष्माको अनस्क्रिन रोमान्स हेर्न दर्शक लामो समय देखि प्रतिक्षारत पनि छन् । किनकी कुनै समयमा यो जोडीको चलचित्र हेर्न दर्शक हलसम्म पुग्ने गर्थे । आज पनि यो जोडीको क्रेज उतिकै रहेको बुझिन्छ ।

 

गोपीकृष्ण मुभिजले निर्माण गरेको चलचित्र यस चलचित्रमा राजेश र करिष्मा नायक एशराजको बुवाआमा बनेका छन् । चलचित्र 'मायाको बारीमा' को माली भने दयाराम दाहाल बनेका छन् अर्थात उनी यस चलचित्रका निर्देशक हुन् । यि निर्देशकले केकी र एशराजको नयाँ जोडीलाई निखारेको बुझिएको छ । अब यो जोडी कत्तिको निखारिएको छ त्यो हेर्न तिहार नै कुर्नु पर्ने हुन्छ । आशा गरौं 'मायाको बारीमा' फुल्ने कोसिस गरेका यि जोडीले दर्शकलाई खुसी पार्ने छन् ।