मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पार्ट टाईम काम गर्दै कलाकार

फिल्मीखबर, काठमाण्डौ, 2011/09/20

नेपालका कलाकारहरू अभिनय पेशामा भबिश्य नदेखेर नै होला अन्य पेशामा पनि संलग्न हुने गरेका छन् । हुन पनि हो, कलाकारिता पेशामा लागेर भबिष्य सुनिश्चित हुन सकेको छैन । यो गुनासो पुराना कलाकारहरूले बढि गर्ने गर्दछन् । उनीहरूको भनाई अनुसार बर्षौं कलाकारितामा लाग्दा पनि भबिष्य सधैं अन्धकारमा नै हुन्छ । सायद त्यहि भएर होला कलाकारहरूले अभिनय पछिको अर्को पाटो पनि रोज्ने ।

 

यसरी अभिनय पछिको अर्को पाटो खोज्नेमा नवनायिका अनुष्का ढकाल र अभिनेत्री सिर्जना बस्नेत पनि परेका छन् । यि दुई कलाकारले पल्स ब्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टर खोलेका छन् । सोमबार निर्देशक नरेश पौडेल, अभिनेता सुनिल थापा र अभिनेत्री मेलिना मानन्धरले संयुक्त रूपमा सो पल्स ब्युटिपार्लर एन्ड ट्रेनिङको उदघाटन गरे । बौद्ध, जिमिनी सुपरमार्केट अगाडि झन्डै बीस लाख रुपैयाँको लगानीमा सो पार्लर खोलेको नायिका द्वयको भनाई छ ।

 

आफ्नी दिदीको ब्युटी पर्लरबाट ब्युटिसियन ट्रेनिङ लिएको बताउने अनुष्काले आफूले खोलेको ब्युटीपार्लरमा मेडी केअर, पेडी केअर, वाक्स, फेसियल लगायतका सेवा उपलब्ध रहेको अनुष्काले बताइन् । चलचित्र क्षेत्र नछोड्ने बताउँदै अनुष्काले पार्ट टाईमको लागि पार्लर खोलेको बताईन् । यसैगरी अर्की अभिनेत्री सिर्जना बस्नेतले पनि अभिनयसँगै यो पेशालाई अगाडी बढाउने बताईन् । सो पार्लरमा सुरज प्रजापति र ब्युटिसियन लक्ष्मी श्रेष्ठको पनि लगानी रहेको छ ।