मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आफ्नै जीवनकथालाई भक्तराजले अवलोकन गर्ने

फिल्मीखबर, काठमाण्डौ, 2011/09/20

भजनशिरोमणी भक्तराज आचार्यको जीवनकथामा बनेको चलचित्र 'आचार्य' को बुधबार भव्य समारोहका बिच प्रिमियर गरिंदैछ । असोज ६ गते रिलिज हुन लागेको सो चलचित्रको प्रिमियर सुन्धारा स्थित क्यू एफएक्स हलमा गरिंदै छ ।

 

प्रिमियरमा खासै कुनै बिशेष कार्यक्रम नराखिएको भएपनि भक्तराज आचार्य स्वयं नै उपस्थित हुने भएकाले त्यहि नै बिशेष हुने निर्माण पक्षको भनाई छ । चलचित्र क्षेत्रका बिशिष्ट व्यक्ति तथा सञ्चारकर्मीको उल्लेख्य सहभागीता रहने प्रिमियर समारोहमा भक्तराजले आफ्नो जीवनमा बनेको चलचित्र पूरै हेर्ने छन् । प्रिमियर कार्यक्रम साँझ ५ बजे राखिएको छ ।
 

१३ औं मुम्बई इन्टरनेश्नल फिल्म फेस्टिभलमा छनौट भएको चलचित्र आचार्यलाई नेपाल र भारतमा एकसाथ रिलिज गर्ने सपना आइतवारको भुकम्पले चकनाचुर पारिदिएको छ । सिक्किमलाई केन्द्र बिन्दु पारेर आएको सो भुकम्पले गर्दा भारतमा पनि नेपालमा जस्तै ठूलै क्षति भएपछि रिलिज रोकिएको हो । चलचित्रलाई असोज ६ गते डिजिटल सिनेमा नेपालले नेपाल र भारतमा एकसाथ रिलिज गर्ने योजना बनाएको थियो ।

 

नेपाल र भारतमा एकसाथ रिलिज गर्ने योजना सफल हुन नसके पनि चलचित्र नेपालका सिनेमा घरमा भने असोज ६ गते नै लाग्ने छ ।  नेपालमा रिलिज भएपनि भारतमा भने अब कहिले रिलिज हुने भन्ने टुंगो छैन । सिल्करुटको ब्यानरमा निर्माण गरिएको ‘आचार्य’ मा भक्तराजकै जेठा छोरा सत्यराजले मुख्य भूमिका निर्वाह गरेका छन् । प्रशान्त रसाइलीको निर्देशनमा बनेको चलचित्रमा अरुण कार्की, सुनिल पोखरेलको साथमा भारतीय गजल गायक गुलाम अलिको पनि बिशेष भुमिका रहेको छ ।