मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'राजिनामा दिईसकेको छैन' : खतिवडा

फिल्मीखबर, काठमाण्डौ, 2011/09/22

नेपाली चलचित्रको बारेमा पढाई हुने एक मात्र फिल्म कलेज 'ओस्कार इन्टरनेश्नल फिल्म कलेज' को प्रिन्सिपल पदबाट घनश्याम खतिवडाले तिहार पछि राजिनामा दिन सक्ने बताएका छन् । कलेजलाई निकै माया गर्ने खतिवडाले बिद्यार्थीको हर्कतले गर्दा बाध्य भएर राजिनामा दिने मनस्थितीमा पुगेको बताए ।

 

कुरा नै नबुझी राजिनामा दिएको खबर बाहिर आएको कुरा प्रति आक्रोशित देखिएका खतिवडाले यो चाल बिद्यार्थीहरूको हुन सक्ने बताए । बिद्यार्थीले कलेजको शैक्षिक अवस्था सुधानुपर्ने, पठनपाठन र शुल्कसहितका ३० सूत्रिय माग राखेर कलेज बन्द गराएका पछि आफुलाई राजिनामा दिन दबाब आईरहेको खतिवडाले फिल्मीखबरलाई बताए ।

 

शैक्षिक शुल्क उठाउन आफूले कदम चाल्दा बिद्यार्थीहरू त्यसको बिरोधमा उत्रेर कलेजमा तालाबन्दी गरेको बताउँदै प्रिन्सिपल खतिवडाले आफूले प्रशासनिक काम अब चलाउन नसक्ने बताए । उनले भने, 'मैले त बिद्यार्थीहरूकै हकहितका बारेमा सोचेको थिएँ तर उनीहरूले बुझ्न सकेनन् । त्यसैले अब म राजिनामाको मुडमा पुगेको छु ।' सञ्चालक समितीका अध्यक्ष निर्मल गुरूङ सहितका अन्य सदस्यहरू बाहिर भएकाले राजिनामा दिन नसकेको उनको भनाई छ ।

 

पठनपाठन नियमित सुचारु हुनुपर्ने पटक पटक माग राख्दा पनि कलेज प्रशासनले वेवास्ता गरेपछि त्रिभुवन बिश्व बिधालय अर्न्तगतको तेस्रो बर्षको परिक्षा चलिरहेको बेला बिद्यार्थीहरूले केहि दिन अगाडी तालाबन्दी गरेका थिए । कलेजले आफ्ना मागहरू प्रति वेवास्ता गरेपछि बिद्यार्थीहरू कलेज प्रशासनको बिरूद्वमा जागरूक भएका हुन् ।