मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आचार्य र राज सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2011/09/23

भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र 'आचार्य' आज शुक्रबारबाट देशभरका अधिकांश सिनेमा घरमा चल्दैछ । सिल्करुटको ब्यानरमा रोशन राईले निर्माण गरेको सो चलचित्रलाई प्रशान्त रसाईलीले निर्देशन गरेका हुन् ।

 

१३ औं मुम्बई इन्टरनेश्नल फिल्म फेस्टिभलमा छनौट भएको चलचित्र आचार्यलाई नेपाल र भारतमा एकसाथ रिलिज गर्ने बताईए पनि गत आइतवारको भुकम्पले गर्दा यो चलचित्र नेपालमा मात्र रिलिज हुने भएको हो । ‘आचार्य’ मा भक्तराजकै जेठा छोरा सत्यराजले मुख्य भूमिका निर्वाह गरेका छन् । सत्यराजको साथमा चलचित्रमा अरूणा कार्की, सुनिल पोखरेल, सौगात मल्ल, गुलाम अली, अरूण रेग्मी लगायतले अभिनय गरेका छन् ।

 

बुधबार चलचित्रको प्रिमियर पश्चात सबैले कथाबस्तु, निर्देशकिय पक्ष, अभिनय, संगीत सबैको प्रशंसा गरेका थिए । प्रिमियरमा स्वयं भक्तराज नै उपस्थिअत भएर चलचित्र हेरेका थिए । चलचित्र हेरिसके पछि उनले आफ्नो कथामा माथी न्याए भएको प्रतिक्रिया दिएका थिए । शैलेन्द्र कार्कीको छायांकन तथा सम्पादन रहेको सो चलचित्रको पटकथा निर्देशक रसाइली र रिक बाराफले मिलेर लेखेका हुन् ।

 

यस्तै शोभित बस्नेत निर्देशित चलचित्र 'राज' पनि आजै शुक्रबारबाट देशभरका सिनेमा घरमा लाग्दैछ । क्यू सिस्टमबाट रिलिज भएको सो एक्सन प्रधान चलचित्रलाई मोहनकृष्ण श्रेष्ठ र गजेन्द्र रञ्जितले संयुक्त रूपमा निर्माण गरेका हुन् । शिब श्रेष्ठ, बिराज भट्ट, रेजिना उप्रेती, सिर्जना बस्नेत, जयकिसन बस्नेत, रवीन्द्र खड्का, सुनिल थापा, कुशल थापा लगायतले अभिनय गरेको सो चलचित्रमा शिब श्रेष्ठ खलपात्रको रूपमा प्रस्तुत भएका छन् भने रेजिना उप्रेती दोहोरो भुमिकामा प्रस्तुत भएकी छिन् ।

 

माता मनकामना फिल्म प्रोडक्सनको व्यानरमा निर्मित सो चलचित्रमा सम्भुजित बाँस्कोटाको संगीत सुन्न सकिने छ । चलचित्रको कथा सञ्चारकर्मी ध्रुव लम्सालले लेखेका हुन् । चलचित्र 'राज' चलेको पहिलो दिनको एक हलबाट निर्मातालाई आउने सम्पूर्ण रकम चलचित्र पत्रकार संघलाई सहयोग गरिने भएको छ ।