मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धरानमा 'जलजला' को च्यारिटी

अर्पण ढकाल, धरान, 2011/09/24

माओबादी जनयुद्दको बिषय  माथि केन्द्रित भएर यस अघि धेरै नेपाली चलचित्रहरु निर्माण भैसकेका छन्। यसै बिषयलाई लिएर पछिल्लो समय 'जलजला' नामक एक  अर्को चलचित्रको समेत निर्माण भएको छ ।  सार्वजनिक प्रदर्शन हुनु अगावै चलचित्रको शुक्रबार धरानमा च्यारिटी सो गरिएको छ ।

 

एकीकृत माओबादी जिल्ला समिति धरानको आयोजनामा धरानको गणेश टाकिजमा शुक्रबार बिहान ८ बजे चलचित्रको च्यारिटी सो गरिएको हो । चलचित्रको च्यारिटीमा बिशेषत माओबादी कार्यकर्ताको भिड ज्यादा देखिएको थियो। यसैगरी स्थानीय संचारकर्मी, उद्योगी, ब्यापारी र आम दर्शकले समेत चलचित्र हेरेका थिए । चलचित्र हेर्ने अधिकांश दर्शकले चलचित्रले पार्टी बिशेषको कथालाई प्राथिमिकता दिएपनि समग्रमा चलचित्र औसत बनेको प्रतिक्रिया दिए ।

 

च्यारिटी सोमा सहभागी हुन चलचित्रका कथाकार एबम निर्देशक शिवजी लामिछाने पनि धरान आएका थिए । धरानको च्यारिटी सो सफल भएको बताउदै उनले चलचित्रको सार्वजनिक प्रदर्शन भन्दा अघि देशभर नै च्यारिटी गरिने बताए । ऐतिहासिक बिषय माथि चलचित्र निर्माण गरेकोले चलचित्र सफल हुने उनको दाबी थियो । पूर्वको इनरूवा, दमक, बिराटनगर लगायतका स्थानमा पनि चाडै चलचित्रको च्यारिटी हुने उनले जानकारी  गराए ।


चलचित्र विकास बोर्डबाट बिशेष चलचित्रको मान्यता पाएको चलचित्र 'जलजला' मा आयुष रिजाल, रेखा थापा, कमल कृष्ण, किशोर खतिवडा, स्वर्गिय गोपाल भुटानी लगायतको अभिनय रहेको छ  । वर्तमान विकास बोर्डका अध्यक्ष गणेश भण्डारीको निर्माण संयोजन रहेको चलचित्रलाई काशिराम भुसालले लगानी गरेका हुन् । चेतन सापकोटाको संगीत रहेको चलचित्रलाई बिष्णु कल्पितले खिचेका छन् ।