मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

समिक्षक पण्डित हनुमानढोकामा

फिल्मीखबर, काठमाण्डौ, 2011/09/24

चलचित्रको निर्देशन गर्न छाडेर समिक्षा गर्दै आएका निर्देशक मनोज पण्डितलाई शुक्रबार महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोका पुर्‍याईयो । चलचित्र 'ब्रेक फेल' को समिक्षामा नायिका ऋचा घिमिरेलाई नराम्री भने पछि उनै नायिकाले मनोजलाई हनुमानढोका पुर्‍याएकी हुन् ।

 

मनोजले एक अनलाईनका लागि लेखेको समिक्षामा गत भाद्र १६ गते रिलिज भएको चलचित्र 'ब्रेक फेल' की नायिका ऋचालाई कुनै एङगलबाट पनि हिरोईन लाग्दैन भने पछि आक्रोषित ऋचाले आफ्नो मानहानी भएको भन्दै मनोजलाई हनुमानढोका पुर्‍याएकी हुन् । मनोजसँगै हनुमानढोकामा सोही अनलाईनका सञ्चालक पनि उपस्थित थिए । हनुमानढोका पुगेका मनोजले माफी मागेपछि छाडी दिएको प्रहरीले बताईएको छ ।

 

लामो समय देखि चलचित्रको समिक्षा गर्दै आएका मनोज अहिले चारै तिरबाट आलोचित समेत बन्न पुगेका छन् । एउटा राम्रो निर्देशक जस्तो मान्छेले समिक्षा गर्दा राम्रो नहुने भन्दै चलचित्रकर्मीहरूले उनको समिक्षाको पनि बिरोध गर्दै आएका छन् । समिक्षामा अलि कडा रूपले प्रस्तुत हुने मनोजले दासढुंगा निर्देशन गरेर जति प्रशंसा पाए त्यो भन्दा बढि आलोचना समिक्षाबाट पाईरहेका छन् ।

 

हुनत नेपाली चलचित्रकर्मीको आलोचना सहन सक्ने क्षमता छैन तर पनि प्रशंसा भन्दा बढि आलोचना खेप्नु पर्यो भने उनीहरूको रिस खपिनसक्नु कै हुन्छ । आशा गरौं एक राम्रो निर्देशकको छबि बनाएका पण्डितले आलोचना हैन प्रशंसा कमाउने छन् । हाम्रो शुभकामना !