विश्वको सर्वोच्च शिखर सगरमाथाको जिल्ला सोलुखुम्बुमा छायाँकन गरिएको चलचित्र 'लभ इन चाईना बोर्डर' को यही असोज १० गते खोटाङको सदरमुकाम दिक्तेल बजारमा विशेष शो गरिने भएको छ । खोटाङ बालसेवा समाज नेपालको पहलमा उक्त शोको आयोजना गर्न लागिएको हो ।
चलचित्रको विशेष शोसँगै चलचित्र युनिट र जिल्लाका बिभिन्न निकायका प्रतिनिधीहरू बिच विजयदशमी तथा शुभदिपावलीको शुभकामना आदान गर्ने कार्यक्रम समेत रहेको कार्यक्रम संयोजक प्रमोद श्रेष्ठले जानकारी दिए । कार्यक्रममा चलचित्र निर्देशक उदय सुब्बा, निर्माता दिनेश पाख्रिन, अभिनेता सुनिल थापा र चलचित्र लेखक प्रकाश पुरीको उपस्थिती रहने बताईएको छ ।
पाख्रिन फिल्मस्को व्यानरमा उदय सुब्बाले निर्देशन गरेको उक्त चलचित्रको छायाँकन सोलु र लुक्लामा गरिएको हो । दिनेश पाख्रिन र प्रमोद श्रेष्ठको लगानी रहेको सो चलचित्रको शनिबार सोलुमा बिशेष शो गरिएको निर्देशकको भनाई छ । सार्वजनिक गर्ने तयारी गरिएको सो प्रेम कथात्मक चलचित्रमा सुवास मेचे, जेनिसा केसी, उदय सुब्बा, सुनिल थापा, दिपक श्रेत्री लगायतले अभिनय गरेका छन् ।
बिमल ढकालको छायांकन रहेको उक्त चलचित्रमा द्धन्द सूर्य थोकर, नृत्य दिनेश पाख्रिन, संगीत दिपक रमण र कथा/पटकथा प्रकाश पुरीको रहेको छ ।दशैं पछि देशका अन्य स्थानमा पनि चलचित्रको बिशेष सो गरिने निर्देशकले बताए ।