मिति : २०८१ मंसिर १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेशसँग शुष्माको रोमान्स

फिल्मीखबर, काठमाण्डौ, 2011/09/25

नृत्य पोख्त मानिएकी नायिका शुष्मा कार्की पछिल्लो समयमा निकै चर्चामा छिन् । अझ चलचित्र 'के यो माया हो' मा मुख्य भुमिकामा देखिए पछि त झन् उनको चर्चा चुलिएको छ । करिब एक दर्जन चलचित्रमा आफ्नो अभिनय कला र आकर्षक नृत्य प्रस्तुत गरिसकेकी शुष्मा अहिले एक नयाँ चलचित्रमा राजेश हमालको जोडी भएर अभिनय गर्दैछिन् ।

 

दिवाकर भट्टराईले निर्देशन गर्न लागेको चलचित्र 'मेरो जीवन साथी' मा शुष्मा राजेश हमालको जीवन साथी बन्दै छिन् । केहि चलचित्रमा आइटम डान्स गरेर राम्रो प्रशंसा पाए पछि आइटम गर्लको उपमा पाएकी यि नायिकाले यस चलचित्रमा भने राजेश हमालसँग अनस्क्रिन रोमान्स गर्दैछिन् । चलचित्रमा यि दुईको प्रेमलाई आकर्षक ढंगले प्रस्तुत गरिने निर्देशक भट्टराईको भनाई छ । राजेशसँग अनस्क्रिन रोमान्स गर्न पाउँदा शुष्मा पनि दंग छिन् ।

 

सानै उमेर देखि अभिनयमा रूचि राख्ने शुष्मा आफ्नै मामा प्रभुशमशेर जबराको प्रेरणाले चलचित्र क्षेत्रमा लागेको बताउँछिन् । मामा प्रभुशमशेरकै चलचित्र 'मेरो एउटा साथी छ' बाट अभिनय यात्रा शुरू गरेकी शुष्मा अहिले मामासँग नै बस्दै आएकी छिन् । मामालाई घरको मात्र नभएर चलचित्र क्षेत्रको समेत आफ्नो अभिभावक सम्झने शुष्माले मामाको प्रेरणाले गर्दा नै आज आफू यो स्थानमा आउन सफल भएको बताउँछिन् ।

 

बर्दिया जिल्ला घर भएपनि सानै उमेर देखि काठमाण्डौमा बस्दै आएकी शुष्मा मोडलिङ र भिजे हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । उनले नेपाल वान टेलिभिजनमा केहि बर्ष एक कार्यक्रमको सञ्चालन समेत गरेकी थिईन् । अहिले भने उनी पूर्ण रूपमा चलचित्र क्षेत्रमा नै समर्पित छिन् । उनी निर्देशक सुदर्शन थापाको प्रेमीकाको रूपमा समेत चर्चामा छिन् ।