चलचित्र जीवनरेखाबाट फिल्मी करिअर सुरू गरेका अभिनेता शिव श्रेष्ठले फिल्म निर्देशनका लागि आफूसँग त्यस्तो कुनै दिमाग नभएको बताएका छन् । करिब तीन दशक देखि निरन्तर अभिनयको यात्रामा रहेका श्रेष्ठलाई आगामी दिनमा तपाईले फिल्म निर्देशन गर्ने कत्तिको सम्भावना छ भनी फिल्मी खबरले गरेको प्रश्नमा उनले फिल्म निर्देशनका लागि दिमाग आवश्यक्ता पर्ने भन्दै आफूसँग त्यस्तो कुनै दिमाग नभएको बताएका हुन ।
चलचित्र निर्देशन गर्ने दिमाग नभए पनि शिवले आफूसँग अभिनय गर्ने दिमाग चाहिं भएको बताए । अभिनय गर्ने दिमाग भएको भन्दै कुनै पनि चलचित्रकर्मीले जस्तो सुकै क्यारेक्टरका लागि प्रस्ताव गरे आफू सजिलै राजि हुन सक्ने उनको भनाई छ । तर निर्देशनका लागि कसैले अफर गर्ने सोच बनाएको छ भने यहि खबर मार्फत निर्देशनका लागि आग्रह नगर्न उनले सुझाएका छन् ।
दर्जनौ सफल नेपाली चलचित्रमा अभिनय गरिसकेका एक्सन किङ शिवले करिब दुई दर्जन पाकिस्तानी चलचित्रमा पनि अभिनय गरिसकेका छन् । उमेर र अनुभवका हिसावले उनी निर्देशकका लागि परिपक्व भए पनि निर्देशन तर्फ उनको रूचि नदेखिनु नेपाली सिनेमा उद्योगका लागि एउटा घाटाको बिषय नै हो । किनकी उनका समकालिन अभिनेता भुवन केसीले केही बर्ष भित्र आफूले फिल्म निर्देशन गर्ने बताई सकेका छन् ।