मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राम्री रेजिना !

फिल्मीखबर, काठमाण्डौ, 2011/09/26

आजकाल हिरोईन रेजिना उप्रेती निकै राम्री देखिन थालेकी छिन् । हुन त उनी राम्री नै छिन् तर साविकको भन्दा हिजो आज उनको मुहारमा छुट्टै प्रकृतिको चमक देखिन थालेको छ । यति मात्र हैन ब्राउन हेयर र ब्लू आईलेन्सले उनको सुन्दरतालाई थप आकर्षित बनाईदिएको छ ।

 

पछिल्लो समय दुई कार्यक्रममा भेटिएकी रेजिना नयाँ गेटअपमा देखिदा चलचित्रकर्मी पनि अचम्ममा परेका थिए । यहि प्रसङ्गलाई जोड्दै फिल्मीखबरले उनलाई सोधेको थियो, 'रेजिना राम्री हुनुको राज के होला ?'  उनले अचम्मको उत्तर दिईन्, 'आजकाल म टेन्सन लिन्न र धेरै खान्छु ।' ओहो ! टेन्सन कम लिएर धेरै खाए पछि पो राम्री भईने ! हाम्री नायिकाहरूले पनि राम्री हुन पाठ सिक्नुस् है ।
 

यति मात्र हैन रेजिनाले आत्म सन्तुष्टीको लागि घाँटिमा बुटी समेत लगाउन थालेकी छिन् । चलचित्र राजका निर्माता मोहनकृष्ण श्रेष्ठको आग्रहमा उनले बुटी लगाउन थालेकी हुन् । जसबाट आफूमा सकारात्मक परिवर्तन समेत आएको रेजिनाको भनाई छ । यस्तै रेजिनाले अब देखि सामान्य स्तरका चलचित्रमा काम  नगर्ने पनि बताएकी छिन् ।  किन कि हिजोको रेजिना भन्दा आजकी रेजिना फरक भैसकेकी छिन् रे...!