'नेपाली सिनेमाको भविष्य हामी' भन्ने मूला नारा साहित आउँदो शनिबार देखि म्यानहटन र्सट फिल्म फेष्टिवल २०११ हुने भएको छ । अन्डरग्राउन्ड टाकिज नेपालको आयोजना हुन लागेको यो फेष्टिवलमा विश्वभरिका देशहरुबाट छानिएका २० उत्कृष्ट लघु चलचित्रहरू प्रदर्शन गरिने छ ।
फेष्टिवलमा दश वटा चलचित्रहरुले आपसमा प्रतिस्पर्धा गर्नेछन् । बाँकि दश चलचित्र भने प्रतिस्पर्धा बाहिर राखेर प्रदर्शन गरिने कार्यक्रम संयोजक अनुप पौडेलले जानकारी दिए । यो महोत्सव विश्वका दुई सय शहरहरूमा एक साता सम्म चल्ने छ । जस मध्ये नेपाल च्याप्टर अर्न्तगत शनिबार र आईतबार चलचित्र बिकास बोर्डको हलमा महोत्सव हुँदै छ ।
नेपालका युवा चलचित्रकर्मीको सक्रियतामा हुन लागेको यो महोत्सव विगत १३ बर्ष देखि हुँदै आएको भएपनि नेपालमा गएको बर्ष देखि मात्र हुन थालेको हो । आयोजकका अनुसार प्रतिष्पर्धामा सहभागी कुनै एक चलचित्रलाई विश्वका प्रत्येक शहरहरूमा दर्शकले दिएको मत संख्याको आधारमा सर्वोत्कृष्ट विजेताको रुपमा पुरस्कृत गरिने छ । महोत्सवमा नि:शुल्क चलचित्र हेर्न पाउने ब्यवस्था गरिएको छ ।
महोत्सवमा प्रदर्शन हुने चलचित्रहरू :
October 1, 2011, Saturday
FILMS COUNTRY
Incident By Bank Sweden
Dik Australia
Mak Switzerland
I Love Luci Scotland
The Legend of Beaver Dam Canada
Sexting USA
The Forest Hungary
A Doctor’s Job Peru
David and Goliath USA
Martyr Friday Egypt
Total time of 10 movies – 2 hours 10 mins
October 2, 2011, Sunday
FILMS COUNTRY
Watching UK
Underground Mexico
Party Croatia
Madagascar France
The Pool Ireland
Push Bike Australia
A Little Inconvenience Canada
Echo Poland
12 years Germany
War Italy