भन्नेहरू त भन्छन् छबिराज ओझा कन्जुस छन् । तर निर्माता छबि रियल लाईफमा जति कन्जुस छन् फिल्म निर्माणमा भने त्यतिकै दिलदार रहेको रहस्य खुलेको छ । चलचित्र निर्माणका क्रममा कलाकार तथा प्राबिधिकलाई मुठी कसेर पारिश्रमिक दिने छविले फिल्मको एक दृश्यको लागि भने दिल खोलेर पैसा खर्च गरेका रहेछन् ।
प्रसंग हो यहि असोज १६ गते देखि रिलिज हुन लागेको चलचित्र अन्दाजको । यस चलचित्रको एक सिनमा करिब ४० वटा घोडा देखाईएका छन् । जुन दृश्य प्रोमोमा आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ । तर एक सिनमा प्रयोग गरिएका ४० वटा घोडाका लागि छविले निकै महंगो मूल्य चुकाउनु परेको रहेछ । अर्थात छविले प्रति घोडा दुई हजारका दरले जोमसोमका घोडा साहुहरूलाई तिरका रहेछन् ।
झट्ट सुन्दा निकै महंगो लागेपनि पर्यटकहरूको बाक्लो आवतजावतका कारण घोडाका लागि निकै पैसा तिर्नु परेको उनले बताएका छन् । जसकारण जोमसोमको १३ दिनको सुटिङमा आफूले अनपेछित पैसा खर्च गर्नु परेको उनको भनाई छ । यति मात्र हैन उनले करिब दुई साताको जोमसोम बसाईको क्रममा जोमसोममै छायाँकन गरिएको केहि सिनमा पनि घोडाको प्रयोग गरेका छन् । जसका लागी उनले राम्रै रकम खर्चनु परेको छ । ति सबै घोडाको प्रयोग बिशेष गरी नायिका रेखा थापाको लागि भएको छ ।
स्मरण रहोस् गत बर्ष होम प्रोडक्सनको चलचित्र 'कस्ले चोर्यो मेरो मन' मा रेखाका लागि प्रयोग गरिएको बग्गी भाँचिदा छबिले ५७ हजार जरिवाना तिरेका थिए । जे होस् छबिले चलचित्रलाई राम्रो र सुन्दर बनाउनका लागि खर्च गर्न भने डराउने रहेनछन् ।