रिलिजको काउन्टडाउनसँगै चलचित्रको प्रोमोशनमा ब्यस्त रहेका हिरो आर्यन सिग्देल सिकिस्त विरामी भएका छन् । गत शुक्रबार चलचित्र 'मेरो लभ स्टोरी' को अडियो लन्चमा केही भावुक मुद्रामा देखिएका हिरो आर्यन त्यो दिन देखि सिकिस्त भएका हुन् ।
आर्यनलाई अहिले भाईरल फिभरले सताएको छ भने रूघाखोकीले पनि उनलाई निकै च्यापेको छ । जसकारण चाहेर पनि उनी कसैसँग कुराकानी गर्ने अवस्थामा छैनन् । चलचित्रको प्रोमोशन तयारीका लागि मंगलबार साँझ आईकोर फिल्मसको कार्यालय दरवारमार्गमा भेटिएका आर्यन भन्दै थिए, 'म विरामी भएर त केही थिएन तर यो विकनेसले मलाई खतम गर्यो ।' अर्थात आर्यन आफ्नो शरिरलाई आफैले सम्हाल्ने अवस्थामा छैनन् ।
आर्यन आईकोरको मिटिङमा निर्देशक सुदर्शन थापाको हात समाएर पुगेका थिए । उनी आफ्नो स्वास्थ्यलाई त्यति केयर गर्दैनन् जसकारण उनको स्वास्थ्य दिनानु दिन बिग्रदै गएको हो । अहिले उनी आफ्नै निवास लाजिम्पाटमा आरम गरेर बसिरहेका छन् ।