दुर्घटना भन्ने चिज पनि कस्तो-कस्तो कसैलाई आईपरेको विपत कहिले काहि आफूलाई परे जस्ते । अहिले यस्तै भएको छ हिरोईन यूना उप्रेतीलाई । गत आईतबार प्लेन क्र्यास हुँदा जति त्रासित गोदावरीका स्थानिय बासिन्दा भएका थिए त्यो भन्दा बढी त्रासित हिरोईन यूना उप्रेती भएकी छिन् ।
युना यति धेरै डराईन् कि उनले भोली बिहिबारका लागि बुक गरेको यति एयरको टिकट प्लेन दुर्घटना भएको खबर सुन्ने वित्तिकै क्यान्सिल गरिन् । प्लेन क्रयासको खबरपछी युनालाई यति धेरै डर लाग्यो रे कि उनी अबको केही महिनासम्म प्लेन नै नचढ्ने मुडमा छिन् । युना गत बर्षको जस्तै गरी यस बर्ष पनि दशैं मनाउन भद्रपुर बिमानस्थल हुँदै घर पुग्ने योजनामा थिईन् । तर उनको योजना डरका कारण सफल हुन सकेन ।
घर जान भनेर युनाले केहि दिन अगाडी मज्जाले सपिङ समेत गरिसकेकी छिन् रे । प्लेनमा चढेर घर जाने कार्यक्रम स्थगित भएपछि युनाले नृत्य निर्देशक दिनेश अधिकारीसंगसँग मिलेर जीप बुक गरेकी छिन् । दिनेश र युनाको घर सँगगसँगगै हो । दिनेशले पनि प्लेनको टिकट काटेका थिए र उनले पनि प्लेन क्र्यासको खबरपछी टिकट क्यान्सिल गर्दै जीपमा घर जाने निर्णय गरेका हुन् । तर यूनालाई एउटा प्रश्न, 'बहादुरिताका साथ फिल्ममा अभिनय गर्ने तपाईको मन यति कमजोर किन ?'