मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धरानबाट शुरू 'म तिम्रो भईसकें'

फिल्मीखबर, काठमाण्डौ, 2011/09/30

गत चैत्र/बैशाख महिनामा पूर्वको बिभिन्न रमणिय स्थानहरुमा छायांकन गरिएको चलचित्र 'म तिम्रो भईसकें' ले प्रदर्शनको शुरूवात पनि पूर्वबाट नै  गरेको छ । दशैंको बिदाको अवसर पारेर आज शुक्रबारबाट धरानको गणेश टाकिजमा चलचित्र रिलिज भएको छ । पूर्व र पश्चिमका अन्य हलमा भने १६ गते मंगलबारबाट लाग्ने भएको छ । पोखरामा भने १९ गते लाग्ने छ ।

 

व्यवसायिक कारणले गर्दा आफ्नो चलचित्र तिहारमा रिलिज हुन लागेको गलत समाचार बाहिर आएको थाहा पाए पछि आक्रोशित हुँदै चलचित्रका निर्देशक बिकाश आचार्यले आफ्नो चलचित्र दशैंमा नै मोफसलका करिब २० प्रमुख सिनेमा घरमा रिलिज हुने बताए । उनले भने, 'मेरो चलचित्रको बारेमा नकारात्मक टिप्पणी गरेपनि चलचित्रले दर्शकको मन जित्नेमा म ढुक्क छु ।' चलचित्र राम्रो बनाएको दाबि गर्दै बिकाशले कुनै चलचित्र आफ्नो चलचित्रसँग जुधे पनि फरक नपर्ने बताए ।

 

चलचित्रको गीतसंगीत, कथाबस्तु, लोकेशन, भिडियो क्वालिटी, कलाकारको अभिनय सबै राम्रो भएको बताउँदै निर्देशक आचार्यले एक पटक चलचित्र हेरेर कमेन्ट गरिदिन दर्शकलाई आग्रह समेत गरेका छन् । सम्पूर्ण नेपालीलाई बडा दशैंको शुभकामना दिंदै बिकासले आफ्ना लागि दर्शकको प्रतिक्रिया नै दशैंको शुभकामना हुने बताए । उनी आज चलचित्रको बारेमा प्रतिक्रिया लिन पूर्व प्रस्थान गर्दैछन् ।

 

वान टाईम सिनेमा प्रालिले निर्माण गरेको सो चलचित्रमा जीवन लुईटेल, ऋचा सिंह ठकुरी, अयुब केसी, बिज्ञान सापकोटा, रामकृष्ण बजगाईं लगायतले अभिनय गरेका छन् । बिकाश आचार्यकै लेखन रहेको चलचित्र प्रेमकथामा आधारित रहेको छ । बसन्त सापकोटाको संगीत रहेको चलचित्रका गीतमा दिपक लिम्बु र रजिना रिमालले स्वर दिएका छन् भने गीतहरू शैलेश आचार्य र दयाराम पाण्डेले लेखेका हुन् । रेड क्यामेराले छायाँकन गरेर नेपालमा रिलिज भएको यो पहिलो चलचित्र हो ।