मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

म्यानहटनमा दश चलचित्र

फिल्मीखबर, काठमाण्डौ, 2011/10/01

लघु चलचित्रलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आज शनिबार देखि शुरू भएको दुई दिने म्यानहटन सर्ट फिल्म फेष्टिवलमा १० वटा चलचित्र प्रदर्शन गरिएका छन् । प्रतिष्पर्धा र गैर प्रतिष्पर्धा गरी २० चलचित्र समावेश महोत्सवमा प्रतिष्पर्धा अर्न्तगतका चलचित्रहरू आज देखाईएको हो ।

 

यो महोत्सव विश्वका ४८ राष्ट्रका दुई सय शहरहरूमा एक साता सम्म चल्ने छ ।  नेपाल चलचित्र विकास बोर्डको हलमा आयोजित महोत्सवलाई नेपाल च्याप्टर अर्न्तगत नेपाली सिनेमाको भविष्य हामी  भन्ने नारा सहित अन्डग्राउण्ड टाकिजले आयोजन गरेको हो । अन्डरग्राउण्ड टाकिज पाँच युवा चलचित्रकर्मीको सक्रियतामा स्थापना गरिएको प्रोडक्सन हाउस हो । 

 

यस्तै भोली सम्पन्न हुने महोत्सवमा प्रतिष्पर्धा बाहिरका १० चलचित्र प्रदर्शन गरिने छ भने आज देखाईएका चलचित्रहरूलाई दर्शकले दिएको  मत संख्याको आधारमा उत्कृष्ट एक ठहर्‍याईने छ । महोत्सवलाई नायिका नम्रता श्रेष्ठले सञ्चालन गरेकी थिईन् । उनले म्यानहटन फिल्म फेष्टिवलका महत्व बारे प्रकाश पारेकी थिईन् । यसैगरी सो महोत्सवमा नम्रता अभिनित चलचित्र 'मिस यू' र दिपक रौनियार निर्देशित चलचित्र 'हाईवे' को प्रोमो पनि देखाईएको थियो ।