टिका र आशिर्वादलाई महत्वका साथ हेरिने नेपालीहरूको महान पर्व दशैं माछामासु, जुवातास अनि दक्षिणाको कुराले रमाईलो गरिने पर्व पनि हो । यो पर्वमा प्राय मानिस यिनै कुरा भित्र घुलमिल भैरहन्छन् । अझ दशैंमा कसैकसैको जीवनमा कहिल्लै नविर्सने गरी विभिन्न रमाईला घटना पनि भएका हुन्छन् । कुनै घटना रमाईला त कुनै नरमाईला । यसै सेरोफेरोमा रहेर अनुप भट्टराईले चलचित्रकर्मीसँग गरेको चार संवाद -
हाल सम्मका दशैंमा सबैभन्दा धेरै दक्षिणा कहिले र कोबाट पाउनु भएको थियो ?
श्रीकृष्ण श्रेष्ठ : मेरो त बर्षै पिच्छे तलब बढे जस्तो पो बढ्छ । बुबा वित्नु अघि मलाई उहाँले नै सवैभन्दा धेरै पैसा दिनुहुन्थ्यो र त्यो पैसा उहाँलाईनै राखेर म फेरी ढोग्थे । उहाँले मलाई दुई हजार सम्म दिनु भएको छ ।
निरज बराल : अहिले सम्म त्यस्तो धेरै पैसा पाएको छैन । गएको दशैंमा मामाले एक हजार रूपैया दिनु भएको थियो ।
रेखा थापा : छोरी मान्छे भएकाले दक्षिणा पाईनै रहेको हुन्छु तर अहिले सम्म त्यस्तो सम्झन लायक धेरै पैसा भने अहिले सम्म पाएकै छन ।
नम्रता श्रेष्ठ: सिरियसली त्यस्तो धैरै पैसा लिएको याद नै छैन ।
सबैभन्दा थोरै पैसा पाएको क्षण ?
श्रीकृष्ण श्रेष्ठ : टिका लगाउन जाँदा धेरैथोरै दक्षिणा जहाँ पनि पाएकै हुन्छ । तर एक सय रूपैया भन्दा थोरै अहिले सम्म पाएको छैन ।
निरज बराल : सानो छँदा धेरैनै थोरै पैसा पाईन्थ्यो । अझ परिवारमा खाम खोल्ने कम्पिटिसनमा परिवार तथा साथीभाईसँग इक्वल हुँदा अनि मिस्टेकले कहिले काहीं अरू भन्दा थोरै पाउँदा अलि रिस पनि उठ्थ्यो । तर थोरै पैसा यति नै भनेर याद छैन ।
रेखा थापा : धेरै पैसा त पाएको छैन थोरैको के कुरा गर्नु ? थोरै पैसाको कुरा गर्दा लाज लाग्छ । आफैं बुझ्नु न ।
नम्रता श्रेष्ठ : सानो छँदा दाईले एक रूपैया दिएको याद छ अझै पनि । मलाई उहाँले कमाउने भएपछि धेरै दिन्छु भन्नु भएको थियो । कमाउने भएपछि उहाँसँग दशैं मनाउन पाएको छैन ।
पिङ, लङ्गुरबुर्जा र चङ्गामा कुनै एक रोज्नु पर्दा ?
श्रीकृष्ण श्रेष्ठ : चङ्गा खुब रमाइलो लाग्छ । कलेज पढ्ने समयमा हामी छतमा बसेर चङ्गमा नचाहिने कुरा लेखेर अर्को छतमा बसेका केटीहरूलाई लक्षित गरी चङ्गा चेट गर्थ्यौं । तर आजकाल खेलिन्छ मात्र ।
निरज बराल : लिङ्गे पिङ मन पर्छ । लिङ्गे पिङमा मच्चिन सार्है मज्जा आउँछ ।
रेखा थापा : अफकोर्स पिङ्ग रोज्छु । यसपालि पिङ्ग खेल्न पाएकै छैन । त्यसैले बाटोमा देखे भने गाडी रोकेर भएपनि खेल्ने विचारमा छु ।
नम्रता श्रेष्ठ : मलाई त पिङ्ग मन पर्छ । अनि चङ्गा उडान मन त लाग्छ तर आउँदैन ।
तासमा रमाउनु पर्दा कुन खेल मन पर्छ ?
श्रीकृष्ण श्रेष्ठ : म्यारिज खेल्छु ।
निरज बराल : म्यारिजमै रमाउँछु र यसपालि जित्छु नै भनेर बसिरहेको छु ।
रेखा थापा : तास त खेल्न आउदैन कुन मन पर्छ भन्नु ।
म्यारिज : म्यारिज मन पर्छ तर जित्ने चाहिं कहिल्लै हैन । मलाई म्यारिज खेल्न ड्याडले सिकाईदिनु भएको हो ।
तपाईलाई दशैंको कुन पक्ष राम्रो लाग्छ ?
श्रीकृष्ण श्रेष्ठ : बिहानी पखको मिर्मिरे धेरै मन पर्छ र यो बेला रेडियो टिभीबाट बजेका मालश्री धुन ।
निरज बराल : कामको टेनसनले अरू बेला कोही साथीभाईसँग भेटघाट हुन्न त्यसैलै यो बेलामा त्यो मौका मिल्छ ।
रेखा थापा : दशैंको आगमन प्रकृतिले नै गरेकाले फष्ट त बाताबरण मन पर्छ । अनि नवदुर्गालाई पुजा गरेको, त्यस्तै दशैं धुनले पनि मलाई लठ्ठ बनाउँछ ।
नम्रता श्रेष्ठ : दशैं भन्ने वित्तिकै क्लाईमेट नै राम्रो हुन्छ । हिजो अस्ति सम्म पानी परेर कस्तो दिक्क लाग्दो थियो तर अहिले राम्रो भैसक्यो । त्यसैले यो मौसम नै मलाई राम्रो लाग्छ । अनि आफन्तसँगको ग्यादरिङ त छदै छ ।