दशै अवधिभर चलचित्र विकास बोर्ड खुल्ला रहने समाचार बाहिर आएपनि आजबाट ६ दिनका लागि बोर्ड बन्द भएको छ । बोर्डका सदस्य विजय बस्नेतले आउँदो शुक्रबार सम्म बोर्डका सम्पूर्ण प्रशासनिक काम बन्द भएपनि अनुगमन भने जारी रहने बताए । यस्तै चलचित्रसँग सम्बन्धित अन्य संघसंस्थाहरू पनि सप्तमीका दिन देखी बन्द हुने छन् ।
यस्तै दशैको अबसरमा चलचित्रका प्राविधिक कार्य भने अष्टमीसम्म हुने चलचित्र प्राविधिक संघका महासचिव मनोज केसीले जानकारी दिए । मनोजका अनुसार हाल फ्लोरमा रङ, रावण, तृष्णा, ए फर अमेरिका, स्नो फ्लावर्स, मेरो बेस्ट फ्रेण्ड, किन किन, मन पराएँ माया लाएँ, माया गर ल, म अनि तिमी लगायतका चलचित्रको सुटिङ धमाधम भईरहे पनि अष्टमीका दिन देखि चलचित्रको सुटिङ दशैं अवधिभरका लागि प्याकअप हुने छ ।
रेखा फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्र 'रावण' को भने आज आइतवार नै प्याकअप गरियो । दशैको चहलपहलसँगै अधिकांश चलचित्रकर्मीहरू घर जानु पर्ने भएकाले पनि सुटिङ ब्रेक गरिएको बताईएको छ । प्याकअप भएका चलचित्र मध्ये केहि दशैंको पर्सि पल्ट नै शुरू हुनेछन् भने केहि पूर्णिमा पछि शुरू हुने भएका छन् ।
अहिले दशैं मनाउन केहि चलचित्रकर्मीहरू घर तर्फ लागि सकेका छन् भने केहि जाने क्रमममा छन् । काठमाण्डौमा नै रहने चलचित्रकर्मीहरू भने साथीभाईसँग केहि दिनका लागी छुट्टिनु पर्दा दु:खी छन् । सबै चलचित्रकर्मीहरूलाई दशैंको उपलक्ष्यमा फिल्मीखबर डटकम परिवारको तर्फबाट शुभकामना !