एक पक्षबाट अर्थ लगाउने हो भने कालो भन्ने वित्तिकै अध्यारो र नकारात्मकको प्रतिक हो । तर यसलाई अर्को पक्षबाट ब्याख्या गर्दा कालो पछी पालो सेतैको हो र सेतो भन्ने वित्तिकै सकारात्मक ।
चलचित्र 'मेरो लभ स्टोरी' को प्रिमियरमा यस्तै कालैकालो देखियो जुन हेर्दा निकै आकर्षक देखिन्थ्यो । त्यसैले अब चलचित्रको प्रिमियरमा देखिएको कालोले नकारात्मक पक्षलाई इन्कित गर्छ या सतोले सकारात्मक पक्षलाई इन्कित गर्छ त्यो त केहि दिनमा नै थाहा हुनेछ । अहिले भने कुरा गरौं कालैकालो प्रसङ्गको ।
सुदर्शन थापा निर्देशित चलचित्र 'मेरो लभ स्टोरी' को आइतवार साँझ काठमाण्डूको सिटी सेन्टरमा रेडकार्पेट प्रिमियर गरियो । जहाँ चलचित्रका मुख्य कलाकार कालो पहिरनमा उपस्थित भएका थिए । फिल्मका लिड हिरो आर्यन ओरेन्ज कलरको सर्ट बाहेक कालो जुत्ता, कालो पेन्ट र कालै कोर्टमा उपस्थित थिए । यस्तै अर्का हिरो विनय श्रेष्ठको पनि कोट भित्रको सेतो सर्ट बाहेक सवै पहिरन कालो नै थियो ।
यसैगरी हिरोईन ऋचा शर्मा पनि कान देखि पैताला सम्म कालो पहिरनमा ब्ल्याक ब्यूटी भएर उपस्थित भएकी थिईन् । लाग्थो उनको कालो गाउन निकै महंगो थियो । इयर रिङ देखि स्याण्डल अनि पर्स समेत ब्ल्याक लगाएकी ऋचाले हातको औलाका नङमा भने बैजनी कलरको नेल पोलिस लगाएकी थिईन । सवै तिरबाट चमकदार देखिएकी ऋचाले औलामा ब्ल्याक नेल पलिस लगाउन विर्सिएकी त हैनन् ?
ऋचाले नङमा कालो नेल पोलिस नलगाए पनि अर्की नायिका शुष्मा कार्कीले भने ड्रेस अनुसारको नेल पलिस ब्ल्याक नै लगाएकी थिईन् । शुष्मा फिल्मको क्लव डान्समा गेष्ट अपिरेन्समा छिन् । उनले पनि कानको हृवाईट इयर रिङ बाहेक स्याण्डल देखि पर्स र औलाको कपडाको रिङ सम्म कालो नै लगाएकी थिईन् ।
अब पालो क्याप्टेन अफ दि फिल्मको । निर्देशक सुदर्शन थापा पनि शिरको ब्राउन हृयाट बाहेक कालै पहिरनमा उपस्थित भएका थिए । अन्य कार्यक्रममा आर्यनले लगाएको क्याप उनको शिरमा थियो जसबाट के पुष्टी हुन्छ भने आर्यनको क्याप सुदर्शनले सापटी लिएका थिए । तर यो प्रश्न गर्दा सुदर्शनले मुख खोलिहाले, 'मैले पनि आर्यनलाई केही सापटी दिएको छु । अब गेस गर्नुस के होला ?' जे होस त्यो एन्सर तपाईनै राख्नु ।
यस्तै ब्यूटीफूल कोरियोग्राफर रेनाशा राई भने अन्य कलाकार भन्दा ठीक विपरित पहिरनमा थिईन् । उनी पहेंलो ल्याटिनो ड्रेसमा थिईन् तर उनको हातमा अन्य कालाकारले लगाएको कालो पहिरन झै ब्ल्याक पर्स र हृयाण्ड ब्याण्ड भने कालो नै थियो । जसबाट के बुझिएको छ भने आजको प्रिमियर मेरो लभस्टोरी टिमले कालोमय बनाएको थियो । तर कालो नै कि रोजियो भन्ने कुरा कि त भगवानलाई थाहा होला कि त चलचित्रकै टिमलाई ।
अब कुरा गरौ चलचित्रको सेतो पक्षको । चलचित्र 'मेरो लभ स्टोरी' सुदर्शनको मेरो एउटा साथी छ पछिको राम्रो चलचित्र हो । जहाँ उनका प्रिय हिरो आर्यनले राम्रो काम गरेको देखिन्छ । उनी मात्र हैन ऋचा शर्मा र विनय श्रेष्ठको अभिनय पनि राम्रो छ । यस्तै चलचित्रको सिनेमाटोग्राफी पनि दर्शकलाई आँखामा बिझाउने खालको छैन । जसलाई राजेश श्रेष्ठले न्याय गरेका छन् ।
चलचित्रमा तृप्ती नाड्कार, केशव भट्टराई तथा नरेश पौडेलको अभिनय पनि ठिकै छ । चलचित्रमा प्रयोग गरिएको क्लब डान्सको म्युजिकले दर्शकको ध्यान केन्द्रित गरेको देखिन्थ्यो । यस्तै अन्य चलचित्रमा झै रेनाशाको कोरियोग्राफी औषत भएपनि सेन्टिमेन्टल गीतम ऋचा शर्मालाई नचाएको तारिफ योग्य छ । बाँकि रह्यो विजनेसको कुरा यो त चलचित्रकर्मीका भगवान दर्शककै हातमा ।