कमेडी किङ दिपकराज गिरी र दीपाश्री निरौला प्राय कुनै पनि चलचित्रका कार्यक्रममा छुट्दैनन् । स्क्रिनमा जोडी भएर जमेका यि दुई कलाकारलाई हरेक कार्यक्रममा आयोजकले बुझेरै संयुक्त निम्ता दिने गर्छन् । जसकारण पनि दीपा र दीपकको जोडी तितो सत्यमा मात्र हैन तितो सत्य बाहिरको माहोलमा पनि त्यतिकै जमेको देखिन्छ ।
हरेक कार्यक्रममा नछुट्टिने यो जोडी आईतबारको मेरो लभस्टोरीको प्रिमियरमा भने छुट्टियो । सायद आयोजकले उनीहरूलाई संयुक्त निम्ता दिन बिर्सेर हो या अरू नै कारणले तर दीपक भने मेरो लभस्टोरीको प्रिमियरमा एक्लो बृहस्पति जस्तै दिखिएका थिए । बुझिए अनुसार दीपा सत्यराज आचार्य अभिनित चलचित्र आचार्य हेर्न सेन्ट्रल सिनेमा घर सुन्धरा पुगेकी थिईन् । तर दीपकलाई छाडी उनी को सँग नाईट शो हेर्न गईन् भन्ने कुरा खुलेको छैन ।
तर सधैं एकसाथ देखिने यो जोडी आईतबारको प्रिमियरमासंगै नदेखिनुको कारण के होला त ? खैर जे होस् तपाईहरूको सम्बन्धमा कहिल्यै दरार नओस् । यो दशैमा दुर्गा भवानीसँग यहि कामना गर्दछौ ।