मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अन्दाजको प्रिमियर, सबैले गरे प्रशंसा

फिल्मीखबर, काठमाण्डौ, 2011/10/03

रेखा थापा अनि उनको होम प्रोडक्सनले निर्माण गरेका चलचित्र जसरी तारिफ योग्य हुन्थे त्यसैगरी आज सोमबारबाट प्रदर्शनमा आएको उनको जोईन्ट भेन्चरको चलचित्र 'अन्दाज' पनि तारिफ योग्य देखिएको छ । यो चलचित्रको आज बिहान काठमाण्डौको कुमारी सिनेमा घरमा प्रिमियर गरियो । दशैको छेकोमा गरिएको प्रिमियरमा सिमित चलचित्रकर्मी र सञ्चारकर्मीको मात्र उपस्थिति थियो जहाँ रेखा अभिनित चलचित्रको तारिफ सवैले गरेका थिए ।


बिशेषगरी राम्रा फिल्म मेकरको लिष्टमा दर्ता भएका निर्देशक उज्जवल घिमिरेले छोडी गए पाप लाग्ला पछीको यो प्रोजेक्टमा आफूलाई अझ तिखार्न सफल भएका छन् । जसरी उनले छोडी गए पाप लाग्लामा राम्रो प्रशंसा पाए त्यसैगरी यस चलचित्रबाट पनि पाउने कुरामा दुईमत छैन । छोडिगए पाप लाग्ला गत गत बर्ष दुई फिल्म अवार्डमा विभिन्न विद्यामा सर्वोत्कृष्ट चलचित्रको लिष्टमा परेको फिल्म हो । गहिराईमा पुगेर हेर्ने हो भने उनले निर्देशन गरेको चलचित्र 'अन्दाज' मा केहि त्रुटीहरू देखिएका छन् तर राम्रा पक्षका अगाडी ति नराम्रा पक्ष नगन्य मात्रामा छन् ।
 

छबिराज ओझा, अशोक शर्मा र उज्वल घिमिरेको संयुक्त लगानीमा निर्माण भएको सो चलचित्रमा रेखा थापा, जीवन लुईटेल र सबिन श्रेष्ठको मुख्य भुमिका रहेको छ । उज्वल घिमिरेले निर्देशन गरेको सो चलचित्रमा बसन्त सापकोटाको संगीत, कविराज गहतराज तथा शंकर बीसीको नृत्य, विष्णु कल्पितको छायांकन तथा राजेन्द्र खड्गीको द्वन्द्वनिर्देशन रहेको छ ।