मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नियम विपरित बिहीबारबाट दुई फिल्म रिलिज / 'निर्मातासंघ हिजडाहरुको संस्था' : सोभित बस्नेत

फिल्मीखबर, काठमाण्डौ, 2011/10/05

 चलचित्र 'राज' पर्सी  शुक्रबार मात्र उत्रिनु पर्ने हो तर   रातारात वितरकहरुको खेलमा चलचित्र निर्मातासंघ परेको भन्दै  निर्देशक सोभित बस्नेतले निर्मातसंघलाई हिजडाहरुको संस्थाको संज्ञा दिएका छन् । क्यूको नियम विपरित भोली बिहीबारबाट साईडका दुई चलचित्र 'मेरो लभस्टोरी' र 'अन्दज' रिलिज हुने भएपछी उनले यस विषयमा  निर्मातासंघ निरिह  भै बसेको भन्दै आपत्ति जनाएका हुन ।

 

उनको भनाई अनुसार आफ्नो फिल्म बिहिबार सम्म चल्नु पर्ने हो र शुक्रबार देखि रामजी लामिछानेको चलचित्र 'राज्य' रिलिज हुने पालो हो तर राज्य चल्न नदिई साईडबाट आएका दुई फिल्म अन्दाज र मेरो लभस्टोरी क्यूको सिस्टममा प्रदर्शन गर्न लागिएको भन्दै बस्नेतले निर्मातासंघलाई कायर र काम नलाग्ने संस्थाको रुपमा चित्रण गरेका हुन  । बस्नेतको फिल्म 'राज'  गत असोज ६    गते देखि क्यू प्रणाली मार्फत रिलिज भएको हो । यस्तै काठमाण्डू उपत्यकामा शुक्रबारका दिनबाहेक कुनैपनि चलचित्र उतार्न नपाईने नियम भएपनि राम्रा फिल्म आएको भन्दै नियम विपरित भोलीबाट अन्दाज र मेरो लभस्टोरी क्यू अन्र्तगत रिलिज हुदैछन । यि दुई फिल्म साईडबाट आएका फिल्म हुन । अन्दाजलाई डीसीएनले वितरण गरेको हो भने मेरो लभस्टोरीलाई सुनिल मान्नधरले । तर दुई वितरको जुहारीका कारण क्यू प्रणालीमा पुनः विवाद देखिएको छ । जसकारण वितरक मानन्धरले  नितिनियमलाई आफ्नो खल्तीमा हाल्दै भोलीदेखि मेरो लभस्टोरी विश्वज्योति हलमा रिलिज गर्दैछन् ।

 

यस्तै अन्दाजका निर्माता समेत रहेका डीसीएनका तीन सदस्यहरु अशोक शर्मा , छवि ओझा र उज्जवल घिमिरेले क्यू अन्र्तगतका गंगा गुण बाराही लगायत काठमाण्डूका अधिकाश  सिनेमा हलमा आफ्नो फिल्म रिलिज गर्दैछन । जसकारण पर्सी बाट राज्य रिलिज हुन नपाउदा यसका प्रोड्यूसर मारमा परेका छन् । २०६२ सालमा हलवाला र निर्मातासंघबीच भएको  संयूक्त निर्णय अनुसार  शुक्रबारबाहेक अन्य दिनमा फिल्म रिलिज गर्न नपाईने सम्झौता छ । जुन सम्झौतामा निर्मातासंघको तर्फबाट तत्कालिन अध्यक्ष  अशोक शर्मा र प्रदर्शक पक्षबाट उद्धव पौडेलले हस्ताक्षर गरेका थिए । तर हस्ताक्षर गरेको ६ बर्ष हुन नपाउदै अशोक  आफैले गरेको सम्झौतालाई उल्घन गर्दै आफ्नो फिल्म अन्दाज भोलीबाट प्रर्दशन गर्दैछन । जुन बिषय नियम विपरित भएको निर्मातासंघको पनि धारणा छ । संघका महासचिव केशव भट्टराईका अनुसार आफूलाई बुधबार साढे ९ बजे मात्र यि सव कुरा थाहा भएको भन्दै संघ खुल्ने वित्तिकै सम्बन्धीत पक्षलाई कारबाही गर्ने प्रतिक्रिया दिएका छन । उनले यस विषयलाई हलवाला र वितरकको मिलेमतोको रुपमा अर्थाएका छन् । तर निर्मातासंघका अध्यक्ष राजकुमार राई  दशैका कारण सम्पर्क विहिन भएकाले उनको प्रतिक्रिया लिन पाईएको छैन । 

 

 
 यस्तै क्यू प्रणाली अन्र्तगतका गंगा हलका साचालक मदनमान बज्राचार्यले क्यूको नियम सरकारले नबनाएकाले आपसी सम्भौतामा फिल्म भोलीबाट  रिलिज गर्न लागेको उनको भनाई छ  । उनले सोभित बस्नेतको फिल्म गत सातानै होल्डओभर कायम गर्न असफल भएको भन्दै   त्यस फिल्मको स्थानमा अर्को फिल्म निर्मातासंघले नपठाएकाले भोली बिहिबार सम्म फिल्म रिलिज गर्नु पर्छ भन्ने बाध्यता आफूहरुमा नरहेको भन्ने तर्क प्रस्तुत गर्दै भोलि बाट साईडका फिल्म क्यू मार्फत रिलिज गर्न लागेको उनको तर्क छ । तर यो कुरा मान्न सोभित तयार छैन ।  यस्तै निर्देशक बस्नेत  भन्छन् 'मेरो फिल्मलाई माथि राखेर मैले बोलको हैन यो त सवैको आखाले भोली देखिने कुरा हो जुन विषलाई निर्मातासंघले गम्भीर रुपमा लिनु पर्ने हुन्छ । आफै भन्नुस  साईडका फिल्म किन क्यूबाट रिलिज गर्न खोजियो ? त्यसैले एउटा निर्मातलाई चाहि कानुन लाग्ने अनि अर्कालाई चाहि नलाग्ने काहाँको नियम हो यो  ? त्यसैले फेरी भन्छु रातारात नियम मिच्दा पनि आँखा चिम्लने निर्माता संघ हिजडाहरुको सस्था हो जसलाई वितरकहरुले हेप्दा पनि निर्माताहरुको पक्षमा  उसले ठोस निर्णय गर्न सकेको छैन  ।'