मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुर्गा भवानीको प्रसाद लगाउन पाएनन् उनीहरुले

फिल्मीखबर, काठमाण्डौ, 2011/10/06

 दशै प्राय  सवैको घरमा आएको छ तर हिरोईन गरिमा पन्तको आगनमा आईसकेको यो बर्षको दशै अकस्मात फर्किएको छ । उनका काकाका छोराको तीन साता अघि असमाहिक निधन भएपछी गरिमाले यो दशैमा रातो अक्षता र जमरा लगाउन पाईनन् । त्यहि पनि यी बाला हिरोईन दुखित हुदै यो दशैमा परिवासंगै शोकलाई शक्तिको रुपमा परिणत गर्न गृह जिल्ला तनहू  पुगेकी छिन् । तनहू   बाट कुरा गर्दै उनले भनिन   'निकै खल्लो भयो यो दशै ।'  

 

यस्तै  छ  महिना अघि पत्नी वियोगमा परेका बरिष्ठ हास्यकलाकार हरिबंश आचार्यको निधारमा पनि रातो   टिका र शिरमा पहेलो जमराले यो बर्ष स्थान पाएन जसकारण विगतका बर्ष श्रीमतीसंगै हास खेल गरी दशै मनाएका हरिबंश काठमाण्डू बाहिर पुगी दशै टार्दैछन् । यसैगरी हिरो जीवन लुइटेल तथा अर्का हिरो राजबल्लभ कोईरालाको परिवारमा पनि शोक परेकाले यि दुई हिरोलेपनि  दशैमा दुर्गा भावनीको प्रसाद अक्षता लगाउन पाएनन् ।

 

त्यसैले यो बर्षको  दशै छल्न जिवन एक महिना यता अष्ट्रेलिया    रहेकी  श्रीमती अन्जलीसंग रोमान्समा ब्यस्त छन् । भने राजबल्लभ एक बर्षपछी गृह जिल्ला पोखरा पुगेकाले फेवताल छेउमा निर्माण गरिएको लिङ्गे पिङ्ग खेल्न ब्यस्त छन् । पिङ्ग खेलिरहेको अवस्थामा पोखराबाट बल्लभले फोनमा भने  'टीका  लगाउन नपाएपनि देवीलाई मन्दिरबाट प्रार्थाना गर्न भने छुटाईन ।'  यसैगरी  निर्देशक शिव रेग्मीको पनि बुवाको दाईको श्रीमती (ठूली आमा ) को एक महिना अघि निधन भएकाले उनले पनि यो दशैमा देविको  टीका थाप्न  पाएनन् । भगवतीको टिका थाप्न नपाएपनि निर्देशक रेग्मी गृह जिल्ला चितवनमा परिवारसंगै छन् ।  यसैगरी चलचित्र  'सिलसिला'का प्रोड्यूसर  एवं कलाकार सिपी पौडेलको पिताको निधन तथा 'नाई नभन्नु ल' का निर्माता रमेशजंग रायमाझीको पनि हजुरवुवाको  देहान्तका भएका कारण  उनीहरुको दशै पनि यस पटक खल्लो भएको छ ।