डेब्यू फिल्म 'कोही मेरो' बाट अलिअलि चर्चा तर दोस्रो फिल्म 'ब्रेकफेल' बाट ज्यादा चर्चा कमाएका हिरो सुवास थापाको दशै र तिहार आधा काठमाण्डू र आधा जर्मनीमा वित्ने भएको छ ।
परिवारसंग बसेर दशैको टीका लगाएका हिरो सुवास एक्काईस दिनका लागि भोली साँझ जर्मनीको बर्लिन प्रस्थान गर्दैछन् । जहाँ उनी एकल प्रस्तुतीमा रंगमंच ताउने सुरसारमा छन् । उनी 'मृत्यु सम्बाद' नाटकमा जर्मनबासी नेपाली समक्ष आफनो प्रस्तुती देखाउदै छन् । जुन उनको चौथो एकल अन्र्तराष्ट्रिय प्रस्तुती हुने छ । यस अघि सुवासले अष्ट्रेलिया, यूके लगायतका विभिन्न मूलुकमा पनि एकल प्रस्तुती देखाएर अन्र्तराष्ट्रिय थिएटरमा तारिफ पाईसेकेका छन् ।
यस्तै नाटकको शिलशिलामा यूरोप प्रस्थान गर्न लागेका सुवासले नेपाली चलचित्रको अन्र्तराष्टिय बजारलाई पनि एक पटक बुझने बताईएको छ । यूरोपका स्पेन, फ्रान्स, बेल्जियम तथा केही देशमा उनी नेपाली चलचित्रको मार्केट बुझने तरखरमा पनि छन् । यदि त्यहाका नेपालीहरुबाट नेपाली चलचित्र हेर्ने रुची जागे उनले आउदो अप्रिलमा सुवास कोईराला निर्देशित चलचत्र 'अपवाद' को ईन्टरन्याशनल डिष्ट्रीब्यूसन पनि गर्ने छन् । जुन चलचित्रमा राजबल्लभ कोईराला मुख्य भूमिकामा छन् । भोली साँझको फ्लाईटबाट जर्मनी प्रस्थान गर्न लागेका सुवास दुई साता सम्मको रिहलस्रलपछी तीन शो को तयारीमा जुट्नेछन् र भाईटीकाको दिन नेपाल फर्कने छन् ।